---Advertisement---

बोरामा हालेर जंगलमा लुकाइएको ८ थान भरुवा बन्दुक बरामद

On: June 10, 2026 10:13 PM
Follow Us:

जिल्लाको विभिन्न क्षेत्रमा चालेको ब्राभो सेरा अप्रेसनअन्तर्गत प्रहरीले रघुगंगा गाउँपालिका–७, चिमखोला फेदीबनमा लुकाइ राखिएको ८ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार चिमखोला प्रहरी पोष्टबाट खटिएको टोलीले बोरामा हालेर लुकाइ राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।


प्रहरीले गएको २०८२ मंसिर १५ देखि शुरु गरेको ब्राभोसेरा अप्रेसनअन्तर्गत हालसम्म विभिन्न क्षेत्रबाट इजाजत नभएका १ सय ५० थान भरुवा बन्दुकहरु नियन्त्रणमा लिएको छ । अबैध हतियारहरु चोरी शिकारीमा प्रयोग हुनुका साथै अप्रिय घटनामा पनि प्रयोग हुन सक्ने भएकाले अप्रेसन जारी राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।


अवैध बन्दुक भएमा प्रहरीलाइ बुझाउन वा खवर गर्न अनुरोध गरिएको छ । अबैध बन्दुक सहित फेला पारेमा ५ बर्ष कैद र ५० हजार जरिवानको कानुनी ब्यवस्था रहेको छ । बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको अवस्थाका रहेका थिए । जिल्लामा खोजतलासका क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरमा र कसैले जङ्गलमा लुकाइराखेको अवस्था फेला परेको थियो ।

Leave a Comment