---Advertisement---

बेनी सामुदायिकमा ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुने

On: June 11, 2026 8:26 PM
Follow Us:

म्याग्दीको सदरमुकाममा बेनीस्थित बेनी सामुदायिक माविमा यसबषदेखि होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु हुने भएको छ । यसबर्षदेखि विद्यालयले नयाँ विषयका रूपमा होटल म्यानेजमेन्टको पठनपाठन सञ्चालन गर्न लागेको हो । शिक्षा र ब्यवस्थापन संकायको पठनपाठन हुने विद्यालयमा ब्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषय सुरुवात गर्न लागिएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर घर्ती मगरले बताउनुभयो ।

“नयाँ विषयका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छ, धमाधम भर्ना भइरहेको छ, प्रयोगशाला कक्ष तयार पार्न उपकरण व्यवस्थापन गरिरहेका छौँ”प्रअ घर्तीमगरले बेनीअनलाइनलाई भन्नुभयो । हालसम्म २ सय २ जना विद्यार्थी भर्ना भएकोमा होटल म्यानेजमेन्टमा ४३ जना छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले शैक्षिक क्षेत्रमा नयाँ इँट्टा थप्ने विद्यालयको योजना र यो क्षेत्रमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको माग बढिरहेको बताउनुभयो ।

विब्यस अध्यक्ष श्रेष्ठले अब होटल म्यानेजमेन्ट पढ्न जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । धेरै खर्चिलो नहुने, ब्यवसाय तथा रोजगारको सम्भावना समेत अधिक भएकाले प्रयोगात्मक अभ्यास कक्षालाई समेत प्रयाप्त पूर्वाधार विस्तार गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

Leave a Comment