---Advertisement---

बौद्ध यूवा क्लवको अध्यक्षमा दुर्गा बुढा मगर

On: June 13, 2026 11:15 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाटमा रहेको बौद्ध यूवा क्लवको छठौ अधिवेशनाबट अध्यक्षमा दुर्गा बुढा मगर चयन हुनुभएको छ । शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्ष शिव शेरचन, सचिव श्यामसुन्दर कँडेल, कोषाध्यक्ष कमल घर्तीमगर, सहसचिव लक्ष्मी पुन, सदस्यहरुमा अनुपम श्रेष्ठ, राजिव थापामगर, जिवन केसी, लक्ष्मण थापा, नारायण केसी, प्रेम राना मगर, सागर थापा मगर र विकास कुँवर रहनुभएको सचिव कँडेलले जानकारी दिनुभयो ।


निर्वतमान अध्यक्ष विजय किसान संरक्षक रहेको क्लवको सल्लाहकार सुवासकुमार श्रेष्ठ, वडा सदस्य रमेश फगामी, किरण तुलाचन, कृष्ण श्रेष्ठ र डेकेन्द्र घर्ती रहनुभएको छ । छैठौ अधिवेशनको उद्घाटन गदैं वडा सदस्य फगामीले क्लवमार्फत खेलकुद, सामाजिक एवम् अन्य विभिन्न कार्यहरु भइरहेको बताउनुभयो ।

क्लवले मगलाघाट क्षेत्रका लागि थप कार्यहरु गर्न वडामार्फत सहयोग गर्ने वडा सदस्य फगामीको भनाई छ । बि।स २०६४ सालमा स्थापना भएको क्लवको गरिमा जोगाउने गरी काम गर्ने नवनिर्वाचि अध्यक्ष बुढामगरको भनाई छ ।

Leave a Comment