---Advertisement---

रास्वपा गण्डकी प्रदेश सदस्यमा श्रेष्ठ निर्वाचित, कार्की निर्विरोध

On: June 13, 2026 1:20 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश कार्यसमितिको सदस्यमा म्याग्दीबाट दिपक श्रेष्ठ र तारा कार्की निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न् मतदानमा श्रेष्ठ जनजातितर्फबाट मतदान प्रक्रियाबाट निर्वाचित हुनुभएको छ भने कार्की क्षेत्रगत प्रदेश सदस्यतफ निर्विरोध निर्वाचित हुनुभएको राष्ट्रि«य स्वतन्त्र पार्टी म्याग्दीका सचिव सुनिल शर्माले बेनीअनाइनलाई बताउनुभयो ।

रास्वपा म्याग्दीका प्रशिक्षण विभागका प्रमुख समेत रहनुभएका श्रेष्ठ बेनी सामुदायिक माविबाट अवकाश लिएपछि सिधै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको थियो । रास्वपा म्याग्दी स्थापनाकालदेखि सक्रिय कार्कीले संगठन विस्तारसहितका कार्यहरुमा सक्रिय हुनुहुन्छ ।

रास्वपा म्याग्दीका सभापति यूवराज रोकाले निर्वाचित प्रदेश कार्यसमिति सदस्यलाई बधाईसहित आगामी दिनमा थप सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ ।रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । शुक्रबार राति अबेर भएको मतदानमा अरु ३ उम्मेदवारलाई पछि पार्दै त्रिपाठी पार्टीको प्रथम अधिवेशनबाट विजयी भएका थिए । अधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।

Leave a Comment