---Advertisement---

बेनीमा जीपको ठक्करबाट ६ वर्षीय बालक घाइते, थप उपचारका लागि पोखरा रिफर

On: June 15, 2026 8:46 PM
Follow Us:

बेनी नगरपालिका–८गणेशटोलमा जिपको ठक्करबाट एक बालक घाईते भएका छन् । शिक्षामार्गबाट संगमचोकतर्फ जाँदै गरेको ग २ च ७८३८ नम्बरको जिपले ठक्कर दिँदा रघुगंगा गाउँपालिका–२ राखु घर भएका ६ वर्षीय आयन कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाइते बालकलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल बेनीमा लगिएको थियो ।


टाउकोको बाँया भाग, दाहिने खुट्टाको कुर्कुच्चा, ढाड र दाहिने कुहिनोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बेनीअनलाइनलाई जानकारी दिनुभयो । घाईते बालकलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनास्थलबाट जिप चालक बेनी नगरपालिका–५ पुलाचौर बस्ने ४३ वर्षीय लालबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक गोविन्द सुवेदीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Comment