ध्रुवसागर शर्मा
नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे म्याग्दीले सोमबार (आज) देखि विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरुवात गरेको छ । बेनी स्थित माउण्ट एभरेष्ट आवासीय माविमा तीन महिने एनसीसी जुनियर डिभिजन तालिम सुरु भएको हो ।
गुल्मले विद्यालय र विद्यार्थी छनोट गरी तालिम सुरु गरेको जनाएको छ । जिल्ला भरीका विद्यालयहरुमध्ये माउण्ट एभरेष्ट आवासीय मावि छनोटमा परेको नेपाली सेनाको गुरु गोरख गुल्म म्याग्दीले जनाएको छ ।

तालिममा विद्यालयका ३० जना विद्यार्थी सहभागि छन् । विद्यालयमा अभिभावकसँग अन्तक्र्रिया गरेर विद्यार्थी छनोट गरिएको गुल्मपति राकेश वस्नेतले जानकारी दिनुभयो । छनोट भएका विद्यार्थीलाई लत्ताकपडा, जुत्तालगायत सामग्री प्रदान गरेर तालिम सुरु गरिएको उहाँको भनाइ छ । तालिमको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सृजना गर्नु रहेको सेनाले जनाइएको छ ।

जुनियर डिभिजन तनलिाान कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी भएका छन् । ‘अनुशासन नै राष्ट्रसेव ाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसीसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न तालिम दिइने गुल्मपति वस्नेतले बताउनुभयो ।

यस तालिम कार्यक्रममासम्बन्धित विद्यालयमा ७९ दिने सञ्चालन हुन्छ भने बाँकी २१ दिन क्याडेटका लागि नेपाली सेनाको नवलपरासीस्थित ब्यारेकमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण आयोजना गरिने उहाँले बताउनुभयो ।

एक सय दिनको प्रशिक्षणपश्चात सम्पूर्ण चरण पार गरेपछि उनीहरुलाई योग्यताअनुसारको दज्र्यानी चिह्न प्रदान गरिन्छ । तालिम अवधिमा क्याडेटहरूलाई विभिन्न गतिविधि पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्व कला, बालुवा मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम, खेलकुदजस्ता विभिन्न किसिमका तालिम दिइन्छ । तालिममा उत्कृष्ट हुने विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ ।
सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०२२ साल कात्तिक ७ गतेबाट उक्त तालिम सुरु गरेको थियो । म्याग्दीमा भने आव २०७४÷७५ बाट यस्तो तालिको सुरुवात गरिएको हो । सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।
माउण्ट एभरेष्ट आवासीय माविमा तालिमको उद्घाटन समारोहमा बोल्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले नेपाली सेनाद्धारा विद्यार्थीलाई प्रदान गरिने राष्ट्रिय सेवा दल (एनसीसी) तालिमले विद्यार्थीलाई अनुशासन र देशभक्तिको प्रभावकारी शिक्षा प्रदान गर्ने भएकोले यस्तो तालिम लिन पाउनु ठूलो अवसर भएको बताउनुभयो ।
कार्यक्रममा गुरु गोरख गुल्मका गुल्मपति राकेश वस्नेत,विद्यालय सञ्चालक समितिका सदस्य रमेश गिरी,शिक्षक काजी थापा र विद्यालयका प्रधानाध्यापक राजु केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रम विद्यालयका प्रिन्सिपल राजु केसीको अध्यक्षता,गुरु गोरख गुल्म अर्थुङ्गेका गुल्मपति राकेश वस्नेतको प्रमुख आतिथ्यता,शिक्षक काजी थापाको स्वागत र शिक्षक धु्रवसागर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।










