म्याग्दीको रघुगंगा गाउँपालिकामा राष्ट्रि«य रोजगार कार्यक्रममार्फत ११ योजनामार्फत रोजगारी प्रदान गरिएको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्रमा रघुगंगा गाउँपालिकामा ‘राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम’ अन्तरगत चालु आर्थिक वर्ष २०८२÷०८३ मा १ हजार २८ जना बेरोजगार व्यक्ति सूचीकृत भएकोमा गरिब तथा विपन्नलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिएको छ । शाखामार्फत उत्पादन, बैदेशिक रोजगारी तथा विभिन्न कार्यहश्ररु गर्ने गरिएको शाखा प्रमुख पवित्रा भण्डारीको भनाई छ । बेनीअनलाइनका हरिकृष्ण गौतमले गरेको छोटो कुराकानी
राष्ट्रिय रोजगार कार्यक्रममार्फत यो बर्ष कति काम भएको छ ?
बेनी अनलाइनलाई धन्यवाद यो अवसरका लागि । यस कार्यक्रम अन्तर्गत रघुगंगा गाउँपालिकाको ८ वटा वडामा ६७ लाख ४४ हजार बराबरको ११ वटा योजना सम्झौता भई काम भइरहेको छ । जेठ महिनाको मसान्तसम्म २० लाख २२ हजार बराबरको ३ वटा योजनाको भुक्तानी गरिएको छ भने अन्य बाँकी योजनाहरु भुक्तानीको प्रक्रियामा रहेको छ ।

रोजगारमा कसरी आवद्ध गरिन्छ, न्यूनतम कति दिन काम गर्नुपर्छ?
प्रत्येक वर्ष फागुन महिनामा रोजगारीको हक सम्बन्धी एन २०७५ को अनुसूची १ बमोजिम बेरोजगार व्यक्तिको आवेदन संकलन पालिकाभित्रका प्रत्येक वडामा हुने गर्दछ र संकलित फारामहरु सिस्टममा प्रविष्ट गरिसकेपछि प्राथमिकताको आधारमा बेरोजगार व्यक्तिलाई काममा खटाइन्छ ।
सधै सडक र पदमार्ग क्षेत्रमा लक्षित कार्यक्रम देखिन्छ, आगामी आवको योजना के छ ?
आगामी आवबाट सिपमुलक तालिमलाई यस कार्यक्रममा जोड्ने कार्ययोजना रहेको छ । ३ सय ९० घण्टाको तालिममार्फत स्वरोजगारमुलक कार्यहरु गरिने छ ।
गाउँपालिकाभित्र उद्यमशिलतामा लक्षित के कस्ता कार्यक्रमहरु छन् ?
यस आवमा ५ लाख बराबरको बजेटबाट साबुन उत्पादन तालिम सञ्चालन गरिएको छ, वार्षिक प्रगति विवरण सिस्टममा प्रविष्ट गरिएको तथा अन्य नियमित कार्यमार्फत समुदायसँग जोडिने प्रयास भएको छ । यो शाखा गाउँदेखि विदेशसम्म रहेका रघुगंगाबासीसंग प्रत्यक्ष जोडिने शाखा हो ।
गाउँपालिकाबाट बैदेशिक रोजगारीमा गएर समस्यामा परेका वा मृत्युवरण गरेकालाई लक्षित गरी सञ्चालित बैदेशिक सहायता कक्षबाट के कस्ता काम भइरहेको छ ?
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई सम्बन्धित देशको ऐन तथा कानुन बुझेर मात्र जानको लागि अनुरोध गर्ने गरिएको छ भने समस्यामा परेमा कागजी प्रक्रियामा सहजिकरण गर्ने गरिएको छ । अहिले समस्यामा परेका र मृत्युवरण गरेकाहरुलाई राहत तथा उद्धारका काम भइरहेको छ । जसको उदाहरण वैदेशिक रोजगारीमा मृत्यु भएका वडा न ५ का खिम बहादुर पुनको वैदेशिक रोजगार बाट प्रदान गर्ने क्षतिपुर्तिको लागि कागजातहरु तयार गरी पठाइएको र निरन्तर फलोअफ गरिएको छ ।

AI Photo
त्यस्तै वैदेशिक रोजगारीमा गई बिरामी परेका वडा नं २ का प्रकाश बरुवालको वैदेशिक रोजगार वोर्डले प्रदान गर्ने अङ्गभङ्ग वापतको रकमको लागि वोर्डमा सिफारिस गरिएको छ । ६ जना विद्यार्थीलाई वैदेशिक रोजगार वोर्डले प्रदान गर्ने सन्तती छात्रवृत्तिमा सहजिकरण गरिएको छ ।
आगामी आवमा सीपमुलक तथा दक्ष जनशक्ती उत्पादनका लागि के कस्ता कार्यक्रमहरुको तयारी गर्नुभएको छ ?
सिप मुलक तालिमको पाठ्यक्रममा आधारित रहेर काम गर्ने र पालिकाभित्रको व्यक्तिहरुको मागमा आधारित तालिम सञ्चालन गर्ने तयारी रहेको छ । अब गाउँपालिकाभित्र उत्पादन तथा प्रोत्साहनका कार्यहरुलाई नै केन्द्रित गरी काम गर्ने योजना रहेको छ ।











