---Advertisement---

धवलागिरी गाउँपालिकाको प्रशासनीक भवन…

On: June 16, 2026 10:33 PM
Follow Us:

म्याग्दीको धवलागिरि गाउँपालिका–३ घट्टेखोलास्थित निर्माण अन्तिम चरणमा पुगेको प्रशासकीय भवन । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको कूल लागत बजेट सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँ रहेकोछ । वि.सं २०७९–०३–३ गते भवन बनाउन प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले गाउँपालिकासँग सम्झौता गरी निर्माण गरिरहेको भबनमा तीन तले भवनमा सभाहल सहित ३१ वटा कोठा हुने छ । आर्थिक वर्ष २०७६–७७ मा स्थानीयवासीले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए।वि.सं.२०७४ साउनमा भएको विशेष गाउँसभामा बहुमतबाट घट्टेखोलामा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने निर्णय भएको थियो ।

Leave a Comment