उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.’ ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सन् २००८ मा स्थापना भई विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउन सफल यस कन्सल्टेन्सीको नयाँ शाखाको एक विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरेको छ ।
शाखको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर शाखाको विधिवत् शुभारम्भ गर्नुभएको थियो । पोखरा र समग्र गण्डकी प्रदेशका विद्यार्थीहरूका लागि यो शाखा कोशेढुङ्गा सावित हुने कार्यक्रमका वक्ताहरुले विश्वास व्यक्त गर्नुभयो।
उहाँहरूले संस्थाको व्यावसायिक सफलताको कामना गर्दै पारदर्शी, गुणस्तरीय र विश्वसनीय परामर्श आजको मुख्य आवश्यकता रहेको औंल्याउनुभयो । मिशन यूएसएका संस्थापक संजय घिमिरेका अनुसार संस्थाको यो चौथो शाखा हो । बजारको माग र विद्यार्थीहरूको सेवालाई मध्यनजर गर्दै संस्थाले आफ्नो संजाल फैलाउने क्रममा पोखरामा पाइला टेकेको हो ।
यसअघि झापामा दुईवटा र काठमाडौंमा एउटा सफलतापूर्वक सञ्चालनमा आइसकेका छन् । नयाँ सञ्चालनमा आएको पोखरा शाखाको निर्देशक÷संयोजक किरण बानियाँले अमेरिका लगायत अन्य देशमा पनि विद्यार्थीहरुको चाहना अनुसार पोखराम विस्तार गरिएको बताउनुभयो । कार्यक्रममा पोखरा शाखाका निर्देशक तथा व्यवस्थापक कर्णबहादु विक, निर्देशक सावित्री केसी ले गुणस्तरिय परामर्शका लागि पोखरा आएको बताउनुभयो ।
विगत डेढ दशकभन्दा लामो अनुभव बोकेको यस कन्सल्टेन्सीले विशेषगरी अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान र भारत जस्ता प्रमुख शैक्षिक गन्तव्यहरूका लागि उच्च शिक्षा परामर्श, भिसा आवेदन तथा अन्तर्वार्ता तयारी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।
पोखरा शाखाबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका भाषा परीक्षाहरू जस्तै आईईएलटीएस र टोफेल लगायतको स्तरीय तयारी कक्षाहरूका साथै अनुभवी परामर्शदाताहरूबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्नेछन्। पोखरा र आसपासका क्षेत्रका विद्यार्थीहरूलाई आफ्नै शहरमा अन्तर्राष्ट्रिय स्तरको परामर्श सेवा दिने उद्देश्यले यो शाखा सञ्चालनमा ल्याइएको र यसले विद्यार्थीहरूको विदेश अध्ययनको सपनालाई सही र सुरक्षित मार्गनिर्देशन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।











