---Advertisement---

हत्यारा समात्ने प्रशान्त पौडेल गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

On: June 23, 2026 10:00 PM
Follow Us:

जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव निरिक्षक प्रशान्त पौडेल गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा मातहत समेतका प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेको कार्यहरूमध्ये पर्वतमा कार्यरत पौडेलले हत्यामा संलग्न अभियुक्तलाई पक्राउमा खेलेको महत्वपूर्ण भूमिकाका लागि जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।


गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जारी गरेको सूचनामा फलेवास नगरपालिका ५ खानिगाउँ स्थित एक कोठा एकल घरमा बस्ने बागलुङ जैमुनी नगरपालिका ५ बानामारे घर भएकी ५२ बर्षिया सन्तु भन्ने सोम कुमारी नेपालीको हत्यामा संलग्न २८ बर्षिय कुशल पुरीलाई पक्राउ तथा चोरी भएको सुनका गरगहनासहित पक्राउ गर्नको लागी उल्लेखनिय भुमिका निर्वाह गरेको उल्लेख छ ।

उत्कृष्ट प्रहरी पौडेलले कार्यालयको अपराध अनुसन्धान शाखामा कार्यरत रही फैसला कार्यान्वयन तथा चालु मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गर्नमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८१ बमोजिमे उत्कृष्ट प्रहरी घोषणा गरिएको उल्लेख छ । उत्कृष्ट प्रहरी पौडेल बि.स २०७५ सालदेखि २०८१ साल बैशाखसम्म म्याग्दीमा कार्यरत हुनुहुन्थ्यो ।


गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएपछि पौडेलले कार्यक्षेत्रको मेहनतको फल भएको बताउनुभयो । उहाँले सम्मानले थप उर्जा थपिएको बताउँदै प्रहरी जीवनकै हालसम्मको सुन्दर उपहार भएको बताउनुभयो । सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक साथ सम्पादन गरेको भन्दै सम्मान प्राप्त गरेकोमा थप जिम्मेबारीबोध भएको पौडलको भनाई छ ।

Leave a Comment