---Advertisement---

म्याग्दी नदीमा भेटिएको शवको खुलेन पहिचान

On: June 25, 2026 8:18 PM
Follow Us:

म्याग्दी नदीमा बिहिबार भेटिएको एक व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन । बेनी नगरपालिका–२,बाङ्गेरातर्फ बगिरहेको अवस्थामा भेटिएको मृतकको पहिचान खुल्न नसकेपछि खोजीकार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले मृतकको शब प्रदेश अस्पताल बेनीको शब गृहमा राखिएपनि पहिचान खुल्न नसकेको बताउनुभयो


मृतक को हुन् भनेर सनाखत हुन नसकेपछि तस्वीरसहित सार्वजनिक गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो । मृतकको अनुहार प्रष्ट पहिचान गर्न सकिन्छ । बिहिबार साँझसम्म् कोही आफन्तजन पनि सम्पर्कमा आएको छैन । सनाखत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ ।

Leave a Comment