म्याग्दीको रघुगंगा गाउँपालिकाले लघउद्यम प्रवद्र्धन, व्यवसायिक कृषक प्रोत्साहन र युवा स्वरोजगारलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०८३÷८४ सालको नीति तथा कार्यक्रम ल्याएको छ । उद्यमी, कृषक र बैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई लक्षित गरी गाउँपालिकाले तालिम, अनुदान सहित प्रोत्साहनका कार्यक्रमहरू ल्याएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडलको भनाई छ। यसै सन्र्दभमा गाउँपालिकाले कृषि क्षेत्रको विकास, लघुउद्यम प्रवद्र्धन, युवा स्वरोजगारमूलक कार्यक्रम र व्यावसायिक कृषक प्रोत्साहनसहित यस आवमा गरेको कार्यक्रमका बारेमा बेनीअनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
रघुगंगा गाउँपालिकाले आगामी आव २०८३÷०८४ सालमा गाउँसभाबाट पारित गरेको लघु उद्यम कार्यक्रमहरू के–के छन् ?
रघुगंगा गाउँपालिकाले आगामी आव २०८३÷०८४ सालमा गाउँसभाबाट पारित गरेको लघु उद्यम कार्यक्रमहरूमा नयाँ लघु उद्यमी सिर्जना गर्नको लागि सिप विकास तालिम सन्चालन गर्ने,उद्यमी स्तरोन्नती गर्न आवश्यकता पहिचानका आधारमा पुनर्ताजगि र एडभान्स तालिम, सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम र उपाध्यक्ष उद्यमशिलता प्रोत्साहन कार्यक्रम छन् ।

यसबर्ष वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला र विपन्न वर्गलाई लक्षित गरी कस्ता कार्यक्रम गर्नुभयो । आगामी आ.वमा कस्ता छन् प्रस्तावित कार्यक्रमहरू ?
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति, महिला र विपन्न वर्गलाई लक्षित गरी स्थानीय स्तरमा उद्यमशीलता विकास, सीपमूलक तालिम र श्रमको सम्मान राष्ट्रको अभियानजस्ता महत्वपूर्ण कार्यक्रमहरुसञ्चालन गरिएको छ। यसअन्तर्गत विदेशबाट फर्किएकालाई प्राविधिक सहयोग, प्रविधि हस्तान्तरण र बीउ पुँजी उपलब्ध गराइएको छ ।
आगामी आर्थिक वर्षका लागि प्रस्तावित तथा नयाँ नीति तथा कार्यक्रमा सहुलियतपूर्ण कर्जा र अनुदानःवैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई लक्षित गरी कृषि, पशुपालन र साना उद्योगमा आकर्षित गर्न अनुदान कार्यक्रम विस्तार गरिनेछ भने विदेशमा सिकेको सीप र अनुभवको प्रमाणीकरण गरी उनीहरूलाई स्वदेशमै उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
गाउँपालिकाभित्र लक्षित समूह सशक्तीकरणःविपन्न महिला, एकल तथा पिछडिएका वर्गका लागि उपाध्यक्ष उद्यमशिलता प्रोत्साहन कार्यक्रमजस्ता लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने योजना छ । त्यस्तै गाउँपालिकामा गरी सूचीकृत बेरोजगार युवाहरु,महिला र विदेशबाट फर्किएका श्रमिकलाई श्रम बजारको मागअनुसार रोजगारीमा जोड्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
वडास्तरमा रोजगार बजार सुहाउँदो बनाउन कस्ता तालिमहरू सञ्चालन गर्नुभएको छ ?
आ.व २०८२÷०८३ मा उद्यम शाखा अन्तर्गत साबुन बनाउने तालिम वडा नं १, ४, ५ र ६ मा सन्चालन गरिएको थियो । गाउँमा साबुन बनाउने तालिम लिनु ग्रामीण महिला तथा समुदायका लागिआर्थिक आत्मनिर्भरतारस्वरोजगारको उत्कृष्ट माध्यम हो। थोरै लगानी र सीपबाटै घरमै बसीबसी आयआर्जन गर्न सकिने भएकाले यसका धेरै फाइदा छन् । साबुन दैनिक जिवनमा धेरै उपयोगी सामान हो ।
वडा नं १ मा २० जना, वडा नं ४ मा १३ जना, वडा नं ५ मा २० जना र वडा नं. ६ मा २३ जना गरी जम्मा ७६ जना साबुन उत्पादन सम्बन्धी ७ दिने तालिममा सहभागी जनाएका थिए र स्थानीय जडीबुटीहरू जस्तैः निम, घिउकुमारी, पाती आदिकोप्रयोग गरेर अर्गानिक साबुन बनाएका थिए र साबुन तालिम लिईसकेपछि उद्यम समुह गठन गरी वडामा दर्ता समेत गरेका छन् ।
त्यस्तै गरी सामुदायिक सिकाई केन्द्र रघुगंगा गाउँपालिकाबाट वडा नं १ मा च्याउ खेती सम्बन्धी तालिम २७ जनालाई, कुचो बनाउने र धुप बनाउने तालिम वडा नं २ र ३ मा क्रमश ३१ र २९ जनालाई साथै वडा नं ४ मा अगरबत्ति र बाटेको धुप बनाउने तालिम २४ जना गरी जम्मा १११ जनालाई ३ दिनको तालिम सम्पन्न भएको छ ।
स्थानीय उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको बजार व्यवस्थापन र बिक्री वितरणमा चुनौति छ, तपाईहरुले सघाउनुभएको छ त ?
नेपालका ग्रामीण र स्थानीय उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको बजार व्यवस्थापन तथा बिक्री वितरणमा ठूलो चुनौती भएपनि महिला उद्यमी र कृषकहरूले उत्पादन गरेका सामानको बजाीकरणमा समेत आवश्यकता अनुसार सहजीकरण गर्ने गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने सामाग्रीको उत्पादन लागत उच्च हुने भएकाले आयातित बस्तुसँगको प्रतिस्पर्धामा असहज हुने गरेको छ । यसको मुख्य कारण कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्दा समयमै काम गर्न नसकिनु,उत्पादित वस्तुको बान्डिङ गर्न नसकिनु,उत्पादित वस्तुको गुणस्तर कायम गर्न नसकिनु,उद्यम व्यवसायमा स्थानीयलाई टिकाई राख्न पनि चुनौती रहेको छ ।
गाउँपालिकालाई आत्मनिर्भर बनाउन स्वरोजगार क्षेत्रलाई थप प्रभावकारी बनाउन समेट्नुपर्ने क्षेत्र कस्ता छन् ?
गाउँपालिकालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र स्वरोजगारका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्रोत साधनमा आधारित उत्पादन, व्यावसायिक कृषि, हस्तकला, पर्यटन प्रवद्र्धन र सीप विकासका क्षेत्रहरूलाई प्राथमिकता दिनुपर्छ ।
दिगो आर्थिक विकासका लागि समेट्नुपर्ने प्रमुख क्षेत्रहरूःआधुनिक तथा व्यावसायिक कृषिःपरम्परागत खेतीलाई विस्थापित गरी पकेट क्षेत्र निर्धारण गर्ने, व्यावसायिक पशुपालन, मौरीपालनर तरकारी खेतीलाई प्रवद्र्धन गर्न अनुदान र प्राविधिक सहयोग दिने, सीपमूलक तालिम तथा उद्यमशीलताःस्थानीय युवा तथा महिलाहरूलाई लक्षित गरी प्लम्बिङ, सिलाइ–कटाइ, सिकर्मी रडकर्मी सम्बन्धी सीपमूलक तालिम दिने,ब्याज अनुदान तथा सहज कर्जाःगाउँपालिकामार्फत युवाहरूलाई लघु उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण कर्जा वा बीउ पूँजीको व्यवस्था गर्ने, स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरणःगाउँपालिका भित्र उत्पादन भएका कृषि उपज तथा हस्तकलाका सामग्रीलाई ब्रान्डिङ गर्ने र गाउँपालिका भित्रका कार्यक्रम तथा उपहारहरूमा स्थानीय उत्पादनलाई अनिवार्य प्रयोग गर्ने नीति अपनाउने र पर्यटन प्रवद्र्धनःगाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थलहरूको पहिचान, होमस्टे (घरबास) सञ्चालन गरी पर्यटन प्रवद्र्धन गर्ने, बंगुर पालनलाई प्रवद्धन गर्न यस आर्थिक वर्षमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको र सतुवा, टिमुर जस्ता जडिबुटी खेतिको प्रवद्र्धन गरी आय आर्जनमा वृद्धि गर्न सकिने छ ।
गाउँपालिकामा रोजगार कार्यक्रमको प्रभावकारिता कस्तो छ ?
रघुगंगा गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार कार्यक्रम) हाल नाम संशोधन भई रोजगार, सिप तथा उद्यमशिलता केन्द्रको प्रभावकारिता र कार्यान्वयन निकै सक्रिय रूपमा अगाडि बढेको देखिन्छ। उच्च सहभागिता र वर्गीकरणःचालु आर्थिक वर्ष २०८२÷०८३ मा गाउँपालिकाभर१ हजार २८ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् (जसमा ५ सय ५७ पुरुष र ४ सय ७१ महिला छन्)। यसमा गरिब तथा विपन्न परिवारलाई प्राथमिकता दिइएको छ।
पूर्वाधार विकास र रोजगारीःगाउँपालिकाका ८ वटै वडाहरूमा कुल६७ लाख ४४ हजार रुपैयाँ बजेटका ११ वटा योजनाहरूसम्झौता भई हालसम्म ५ वटा योजना रु ३२,२२,००० को भुक्तानी भईसकेको छ भने बाँकी योजना भुक्तानीको अन्तिम चरणमा छ । यस अन्तर्गत पालिकाको सेवा केन्द्रमा सूचिकृत श्रमिकहरूलाई समेटेर सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण जस्ता भौतिक पूर्वाधारका कामहरू भइरहेका छन्। थप सेवाहरूको विस्तारःरघुगंगाको रोजगार शाखाले बेरोजगारलाई काम दिने मात्र नभई वैदेशिक रोजगारीमा जानेहरूका लागिस्थानीय तहबाटै पुनः श्रम स्वीकृतिसम्बन्धी अनलाइन आवेदन भर्ने काम पनि गरिरहेको छ, जसले स्थानीयको समय र पैसा बचत गराएको छ।
सामाजिक सुरक्षाको नयाँ पहलःगाउँपालिकाले अस्थायी, करार र ज्यालादारी श्रमिकहरूलाईयोगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धगराउन सुरु गरेको छ, जसले भविष्यलाई सुरक्षित बनाउन मद्दत पु¥याउँछ। वैदेशिक रोजगार वोर्डको कामः रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीमा ठगिमा परेकालाई उद्यार गर्ने, शव झिकाउन सहयोग गर्ने, श्रम बनाई वैदेशिक रोजगारीमा गई मृत्यु भएमा परिवारले पाउने कल्याणकारी कोषको लागि पहल गर्ने, सन्तती छात्रवृत्तिको लागि पहल गर्ने गरिएको छ ।











