---Advertisement---

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा, सात जना महिला स्वयंमसेविकालाई सम्मानसहित विदाई

On: June 30, 2026 10:37 PM
Follow Us:

म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो।

म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका ३९ सय ७४ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।


खोप समन्वय समितिको बैठक, घरधुरी सर्वेक्षण तथा १६ मनिादेखि ५९ महिनासम्मका बालबालिकाहरुको विवरण संकलन, छुट भएका बालबालिकाहरुलाई खोप लगाउने कार्यसहित विभिन्न सूचक पूरा गरेपछि म्याग्दीका वडा, स्थानीय तह घोषणपछि जिल्लास्तरीय कार्यक्रम गरिएको जिल्ला खोप समन्वय समितिकी सभापति एवम् जिसस म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीको भनाई छ ।

पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गदैं प्रदेश स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । म्याग्दीमा स्वास्थ्य सम्बन्धि कार्यक्रमको प्रभावकारीता रहेको बताउँदै यहाँका समस्या समाधानसहितका कार्यमा समेत सक्रियतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णता आवश्यक रहेको खोप सुपरभाइजर गणेश सुबेदीले बताउनुभयो । म्याग्दीमा प्रदेश अस्पताल बेनी सहित सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइमा रहेका खोप केन्द्र र गाउँघर क्लिनिकमार्फत गरिएको कामको प्रशंसा समेत भएको थियो ।

सोही अवसरमा बरंजाकी महिला स्वास्थ्य स्वंयमसेविका पार्वत थापा, भगवतीकी राजकुमारी शाही, बेगखोलाकी खिमादेवी चोचांगी, रत्नचोैरकी गंगा कुमारी थापा, मौना केसी अथुेङ थाकनपोखरी र लक्ष्मी सुबेदी पुलाचौरलाई ६० बर्र्षे उमेरका कारण सेवाबाट सम्मानसहित विदाई गरिएको थियो । बालबालिकालाई पूर्णखोप लगाउनका लागि महिला स्वास्थ्य स्वयंसेविको महत्वपूर्ण भूमिका रहेको छ ।

Leave a Comment