---Advertisement---

मैत्रीपूर्ण ‘बिच भलिबल’ बेनी सामुदायिकले जित्यो

On: June 30, 2026 11:18 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित म्याग्दी र कालिगण्डकी नदीको दोभानमा बनेको बगरमा पहिलो पटक आयोजित मैत्रीपूर्ण ‘बिच भलिबल’ मा छात्र, छात्रा दुबै समुहमा बेनी सामुदायिक मावि विजय भएको छ । बेनी नगरपालिका वडा नं ७ को आयोजना, जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालित खेलमा छात्रछात्रा तर्फ प्रकाश मावि उपविजेता भएको छ ।

बेनीका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीबिच गरिएको खेलबाट छनौट भएकालाई फाइनल खेलाइएको थियो । मैत्रीपूर्ण खेलमार्फत वडाले आगामी दिनमा प्रतियोगिताको रुपमै सञ्चालन गर्ने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा विजेता र उपविजेतालाई ट्र«फि वितरण गरिएको थियो ।

‘बिच भलिबल सम्भव देखियो,हरेक बर्ष मैदान बनाउन सामान्य खर्च हुन्छ,हामीले अन्य आवश्यक पोलसहितका उपकरण ब्यवस्थापन गरिसकेका छौ’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

नेपाललाई बिच भलिबलमा अन्तराष्ट्रिय उपाधि जिताउने म्याग्देली चेली विभागीय टोली नृेपाल प्रहरीको कप्तान समेत रहनुभएकी कमला पुनसहितको उपस्थितिका प्रतियोगिताको योजना समेत बनाइएको छ । बिज भलिबलमा सहभागि विद्यार्थीलाई भलिबल प्रशिक्षक मलिन रोका, कुमार किसानले समेत अभ्यास गराउनुभएको थियो ।

Leave a Comment