---Advertisement---

बरङ्जामा हिस्रक कुकुरको आतंक, दुई दर्जभन्दा बढी बाख्रा मरे, बालबालिकालाई समेत जोखिम

On: July 1, 2026 10:33 AM
Follow Us:

म्याग्दीको मङ्गला गाउँपालिका–३,बरङ्जामा हिस्रक सामुदायिक कुकुरले घरपालुवा जनावरलाई मार्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् । कुकुरले टोकेर दुई दर्जनबढी बाख्रा, एकसयभन्दा बढी कुखुरा मारेपछि स्थानीयबासी आजित भएको यूवा खगेन्द्र सापकोटाले बताउनुभयो ।


‘जंगली जनवारले जस्तै बाख्रालाई धमाधम मार्न थालेको छ, नियन्त्रणका लागि सम्बन्धित निकायको चासो नै पुग्न सकेको छैन्’ यूवा सापकोटाले भन्नुभयो । विहान, दिउँसो घरपालुवा जनावरलाई मार्ने र बेलुकी विद्यालयको छात्राबासमा आसपासमा देखिने गरेको छ। पशुचौपायासँगै बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले सरकारी निकायबाटै नियन्त्रणमा लिने विधिसहित टोली गाउँ जानुपर्ने यूवा ललिन्द्र थापा मगरले बताउनुभयो ।

‘जंगली जनावरभन्दा घातक देखिएको छ, पशुचौपायालाई चितुवाले जस्तै आक्रमण गरी खान्छ’ थापामगरले बेनीअनलाइनलाई भन्नुभयो । पछिल्लो दुई सातामा गाउँमा बालबालिकालाई सार्वजनिक ठाउँमा खेल्दा समेत कुकुरले आक्रमण गर्ने जोखिम बढेको छ ।
हालसम्म एकदर्जनभन्दा बढी बाख्रा घाईते अवस्थामा छन् । बरंजाको आलडाँडा, खर्सुपानी, बाहुनपँधेरा, वडा कार्यालय तथा आपासका क्षेत्रमा देखिने कुकुर नियन्त्रणको प्रयास गरिएपनि स्थानीय सफल हुन सकेका छैनन् ।


बरङ्जाका सबै टोलमा सार्वजनिक सूचना जारी गरेर घरपालुवा कुकुरलाई सम्बन्धित घरधनीले बाँधेर राख्ने र झारा लगाएर खोजी आतङ्क फैलाउने कुकुरलाई नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयको टोली खटाउने प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताउनुभयो ।

Leave a Comment