---Advertisement---

फ्रान्स विश्वकपको सेमिफाइनलमा

On: July 10, 2026 9:17 AM
Follow Us:

स्टार स्ट्राइकरद्वय कप्तान केलियन एमबाप्पे र उस्मान डेम्बेलेले चम्किएपछि फ्रान्स फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

बोस्टन स्टेडियममा बिहीबार राति भएको खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हरायो । खेलको सुरुवात देखिनै आक्रामक प्रदर्शन गरेको फ्रान्सले पहिलो हाफमै पेनाल्टीको अवसर गुमायो ।

एमबाप्पेको प्रहारलाई विपक्षी गोलरक्षकले सजिलै विफल बनाएका थिए । मोरक्कोका नुसैर माजराउईले डिबक्सभित्र एमबाप्पेलाई फल हानेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । 

तर दोस्रो हाफमा लयमा फर्किएको फ्रान्सका लागि एमबाप्पेले ६०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाउनुभयो । उहाँले डिबक्स छेउमा डिजाइ डुवेले मिलाईदिएको पासमा चार रक्षकलाई विट गर्दै गोल गर्नुभएको हो । 

त्यसपछि डेम्बेलेले ६६औँ मिनेटमा सानदार सोलो गोल गर्दै फ्रान्सलाई अन्तिम चारमा पुर्‍याउनुभयो । डेम्बेलेको गोलमा समेत पास मिलाइदिनुभएका कप्तान एमबाप्पे प्लेयर अफ दि म्याच पनि हुनुभयो ।

एमबाप्पे जारी विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग समान सर्वाधिक आठ गोल गर्दै गोल्डल बुटको दौडमा हुनुहुन्छ । खेलको सुरुवात देखिने फ्रान्सको दबाब झेलेको मोरक्कोको गोल फर्काउने योजना सफल भएन ।

साविक उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । अब सेमिफाइनलमा फ्रान्सले बेल्जियम र स्पेनबिचको विजेतासँग खेल्नेछ ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स अघिल्लो संस्करणको फाइनलमा अजेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । एजेन्सी 

Leave a Comment