पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरवाङ सडक दुई दिन रातिको समयमा बन्द हुने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दी नदी सहित साना खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकरिाष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना दुई दिन रातिको समयमा बन्द हुने भएको छ ।
आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि शनिबार र आइतबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द सडक पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताउनुभयो ।

उच्च जोखिममा रहेको जिल्लामा म्याग्दी समेत रहेकाले सडकखण्ड सहित बिपद्को तयारीमा सबै सरकारी निकाय, स्थानीय तहसँग समेत समन्वय भइरहेको प्रजिअ आचार्यको भनाई छ ।
यसैबीच राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना समेत बन्द गरिने भएको छ । म्याग्दी र मुस्ताङ प्रशासनको संयुक्त समन्वयमा तत्काललाई शनिबार र आइतबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ । उक्त समय अगाडी नै मुस्ताङबाट बाहिरिने सवारीसाधन म्याग्दीको गलेश्वर र बेनी हुदै मुस्ताङ जाने सवारीसाधन घाँसासम्म पुग्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।











