---Advertisement---

टिकोट: होमस्टे र प्रकृतिको अनुपम सङ्गम

On: July 20, 2026 6:33 PM
Follow Us:


डेढ अघिसम्म अनकन्टार लेकाली गाउँ भनेर हेपिएको म्याग्दीको टिकोट गाउँ सडक र पदमार्गका कारण आर्कषण छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको हो ।

पर्वत र म्याग्दीका पर्यटकीय स्थलहरुलाई समेटीएको अन्नपूर्ण धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गले समेटीएको टिकोट गाउँ सम्भावनायुक्त क्षेत्र हो । गुजुमुजुक्क तवरले परम्परागत ढुंगेघरहरु मिलेर बनेको टिकोट गाउँबाट देखिने मनोरम हिमश्रृखलाले यहाँ पुग्ने पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।


धौलागिरी रेन्जका सबैजसो हिमशृङ्खलालाई एकैठाउँबाट अवलोकन गर्न पाईने यहाँको प्रमुख आकर्षण हो । वरिपरि जंगलले घेरिएको भएकाले यहाँ पुग्ने पर्यटकहरुको लागि यस सिजनमा राताम्मे फुल्ने लालिगुराँस थप आकर्षण रहेको छ । यहाँ भ्रमण गर्न आउने पर्यटकको सुबिधाका लागि टिकोटबासीले डायनिङ हलमा खाना खाने र घरघरमा सञ्चालन गरिएको होमस्टेमा बास बस्ने व्यवस्था गरेका छन् ।


यहाँ करिब सय घरधुरीको बसोबास रहेको छ । म्याग्दीको घुमाउनेतालबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायीक पदमार्ग अन्र्तगत बासखर्क– डाँडाकटेरी, नागी, मोहरेडाँडा पुगेका पर्यटकहरु फुलवारी हुँदै टिकोट पुग्ने गर्छन् ।टिकोट पुग्नको लागि बेनी–जोमसोम सडक खण्ड अन्र्तगत बैसरी र तिप्ल्याङबाट समेत सजिलैसंग पुग्न सकिन्छ । मगर समुदायको बाहुल्यता रहेको टिकोटका बासिन्दाले परम्परागत घरहरुमा पर्यटकका लागि कोठाको व्यवस्था गरेर होमस्टे सञ्चालन गरेका हुन् । मगर समुदायको बाहुल्यता रहेको टिकोट गाउँमा पर्यटकहरुको लागि पुख्यौली नृत्य थप आकर्षण रहेको छ ।


म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकको कारण दुर्गम टिकोट गाउँ पर्यटकीय गाउँमा परिणत भएको छ । “पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटकहरु भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका वासिन्दाहरु अहिले दिनहुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन् । गाउँमा होमस्टे (घरवास सेवा) संचालन भएका छन्,स्थानीय उत्पादनको विक्रि बढेको छ,गाउँलेको आम्दानीमा वृद्धि भएको छ” टिकोटका अगुवा ठगराज पुन (प्रदिप)ले बताउनुभयो ।


म्याग्दीका प्रतिनिधिसभा सदस्य एवम् संघीय सरकारका मन्त्री महावीर पुनले सन् २०११ मा शुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा सडक सञ्जालले जोडिएपछि घरबासका लागि निकै उत्कृष्ट मानिन्छ ।

लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् ।पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको दृष्य, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडा पालन लगायतले पर्यटकलाई आकर्षण गरेको वडा अध्यक्ष मइलन पुर्जा पुनले बताउनुभयो ।


पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन् ।

एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुंगिन्छ । टिकोट गाउँमा तरकारी ेखेती, टनेलका कारण समेत थप आर्कषण बढेको छ । तस्वीरहरु हरिकृष्ण गौतम

Leave a Comment