---Advertisement---

अति भारी वर्षाको जोखिम रहेका धौलागिरीका चार जिल्लामा रात्रिकालीन सवारीमा रोक

On: July 18, 2026 10:20 PM
Follow Us:

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर धौलागिरीका चार जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा पर्वत, बागलुङ, म्याग्दीमा सवारी सञ्चालन नगर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो।परिस्थितिको संवेदनशीलता हेरी आवश्यक परे जुनसुकै समयमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी समेत दिइएको


रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएका देशभरका २३ जिल्लामा धौलागिरी क्षेत्र समेत उच्च जोखिममा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार केही स्थानमा अति भारी वर्षा हुनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।


भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेषगरी रात्रिकालीन यात्रा नगर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।


सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ।जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा नदी किनार र पहिरोको उच्च जोखिम भएका बस्तीका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ‘११५५’, विपद् सहायताका लागि ‘१२३४’, नेपाल प्रहरीको ‘१००’ र सशस्त्र प्रहरीको ‘१११४’ नम्बरमा सम्पर्क गर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।

Leave a Comment