पोखरा महानगरपालिका–१४ छिनेडाँडाबाट अवैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित प्रहरीमा म्याग्दीका यूवासहित दुई जना लाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त प्रहरी टोलीले साउन १२ गते साँझ ५.३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा म्याग्दी घर भई हाल पोखरा–१० मिलनटोल बस्ने ३७ वर्षीय विश्वास पुन र भोजपुर घर भई हाल पोखरा–१४ शुभकामना टोल बस्ने ३३ वर्षीय मनोज कुमार मंग्राती रहेका छन्।

उनीहरूको साथबाट प्लाष्टिकसहित तौल गर्दा २३ ग्राम ९३ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ, नगद २ लाख ८१ हजार ५ सय र ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
Cover photo AI









