---Advertisement---

चिनाखेतको बाढी बगाएको सडक मर्मत सुरु

On: July 30, 2026 6:44 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतमा पहिरोसँगै आएको बाढीले अवरुद्ध बेनी–बगरफाँट–दुधेखेला सडकखण्डको अवरोध पन्छाउने काम सुरू भएको छ । चिनाखेत खोल्सामा आएको बाढीले भकिम्ली, बास्कुनाका साथै मंगला गाउँपालिकाको बरंजा जोड्ने सडक पूर्णरुपमा अवरुद्ध भएपछि बिहिबारदेखि मर्मतको कार्य सुरु भएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनीअनलाइनलाई बताउनुभयो ।


मेयर केसीका अनुसार गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमार्फत पूर्वाधार कार्यालय म्याग्दीले ६ लाख ७२ हजारको लागतमा मर्मतको काम सुरु गरेको छ । बाढीले सडक कटान गरेपछि आसपासमा क्षेत्रमा ग्याविनजालीको प्रयोग गरी सडक मर्मतको काम भइरहेको छ ।

सडक अवरुद्ध हुदाँ बेनी नगरपालिका वडा नं ३ , वडा नं ४ र मंगला गाउँपालिका वडा नं ३ र ४ वडाका बासिन्दाले सास्ती खेप्नुपरेको थियो । पहिरोमा चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको थियो भने २५ घरगोठ उच्च जोखिममा परेको छ । पहिरोका कारण अवरुद्ध भएपछि पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउन प्रयासरत रहेकाले जिल्लाका अन्य ग्रामिण सडकमा समेत अहिले सहज भइरहेको छ ।

-

Leave a Comment