एकल प्रस्तुतीमा लोकप्रिय गायक प्रकाश दुतराज अब ब्याण्डसहित सांगीतिक प्रस्तुतीमा देखिने भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका गायक दुतराजले आफ्नो ब्याण्ड ‘नयाँ अभ्यास’ को औपचारिक शुभारम्भ म्याग्दीको सदरमुकाम बेनीबजारको खुल्लामञ्चबाट हुने भएको छ । आगामी भदौ १२ गते लाइभ कन्सर्ट तथा ब्याण्ड प्रस्तुतीको म्याग्दीबाट शुभारम्भ गरी विश्वभर लैजाने घोषणा समेत हुने कार्यक्रमका संयोजक मोना अन्तराष्ट्रि«यका उपाध्यक्ष किसान जिसीले बताए ।

‘आफ्नै जन्मभूमि बेनी बजारबाट सुरु हुने कन्सर्टलाई सफल बनाउन अनुरोध छ, यो दुतराजको मेहनतको अर्को फल हो’ उपाध्यक्ष जिसीले भने । सांगीतिक कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका सहित विभिन्न संघसंस्थाले समेत सघाउने छन् । हरेक सांगीतिक कार्यक्रममा म्याग्दीलाई प्राथमिकता दिने गायक दुतराजको उक्त कार्यक्रमको खर्च ब्यवस्थापन गरी निशुल्क उपस्थितिसहितको तयारी समेत भइरहेको छ ।
आफ्नो जन्मभूमि म्याग्दीमै फर्केर दुःखी, पीडित तथा विपन्न समुदायको सेवामा योगदान पु¥याउने पवित्र उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको सयोजक जिसीको भनाई छ । कार्यक्रमका लागि आर्थिक, नैतिक तथा भौतिक सहयोग प्रदान गरी कार्यक्रमलाई सभ्य, भव्य र ऐतिहासिक बनाउन समेत अनुरोध गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीले कार्यक्रमको आयोजकीय भूमिका निर्वाह गरेको छ । बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ। गायक दुतराजका गीत करोड क्लवमा मात्रै प्रवेश गदैनन् समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउने गरेको छ ।
यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ । साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ ।









