---Advertisement---

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ताको आशंका

On: July 31, 2026 7:39 AM
Follow Us:

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली बेपत्ता भएको आशंका गरिएको छ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर काराकोरम हिमश्रृंखलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकको चुचुरोमा हिमपहिरो गएको थियो। त्यसबेलादेखि टोलीसँग कुनै पनि प्रकारको सम्पर्क हुन सकेको छैन।

बेपत्ता भएको आशंका गरिएको उक्त समूहमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच जना नेपाली पर्वतारोही रहेका छन्। अभियानका नेता पुर्जाले सन् २०१९ मा छ महिनाभन्दा कम समयमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्वभर ख्याति कमाएका थिए।

मौसमले साथ दिएमा बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। ब्रोड पिकलाई आरोहणका लागि विश्वकै अत्यन्त चुनौतीपूर्ण र जटिल हिमालहरूमध्ये एक मानिन्छ।

पाकिस्तानको अल्पाइन क्लबले एक विज्ञप्ति जारी गर्दै ‘तत्काल खोज र उद्धार अभियान’ सुरु गर्न सरकारी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। क्लबले हेलिकप्टर सहयोग सुनिश्चित गर्न हरसम्भव प्रयास गरिएको र उपलब्ध सबै स्रोतसाधन सकेसम्म चाँडो परिचालन गरिएको जनाएको छ।

क्लबले भन्यो, ‘सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको निम्ति प्रार्थना गर्दछौँ र यस कठिन समयमा उनीहरूको परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँग ऐक्यबद्धतामा उभिएका छौँ।’

पुर्जाले सन् २००३ मा बेलायती सेनामा सेवा सुरु गरेका थिए भने सन् २००९ मा रोयल मरिन बनेका थिए। उनले सन् २०१८ मा उच्च जोखिमपूर्ण वातावरणमा असाधारण सैन्य सेवा पुर्‍याए बापत महारानी एलिजाबेथ द्वितीयाबाट ‘एमबीई’ सम्मान प्राप्त गरेका थिए। साथै, नेटफ्लिक्स वृत्तचित्र ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ मा अभिनय गरेर उनी विश्वभर झन् लोकप्रिय बनेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

Leave a Comment