---Advertisement---

बर्षासँगै क्षतिग्रस्त ग्रामिण सडकहरू सुचारु

On: July 31, 2026 8:04 AM
Follow Us:


अविरल बर्षासँगै आएको बाढीपहिरोले म्याग्दीको क्षतिग्रस्त ग्रामिण सडकहरू मर्मतपछि सुचारु भएको छ । पूर्वाधार कार्यालय म्याग्दीले पहिरोसँगै आएको बाढीले अवरुद्ध बेनी–बगरफाँट–दुधेखेला सडक, धारापानी–ताकम–मुना सडकखण्डमा प्रहरी चौकी नजिक खसेको पहिरो मर्मतपछि सुचारु भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

यसैबीच धारापानी –ताकम–मुना सडक खण्डमा गौथली भिरको पहिरो पूर्वाधार विकास कार्यालयसँगको समन्वयमा सफाइ गर्ने कार्य जारी रहेकाले आज शुक्रबार सुचारु गरिने प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले जानकारी दिनुभयो । जिल्लाका ग्रामिण क्षेत्रमा बर्षासँगै बगेको सडक सञ्जाललाई स्थानीय तहले समेत मर्मत गरिरहेको छ ।

पूर्वाधार विकास कार्यालयसँगको समन्वयमा सरसफाई गर्ने गरी जिल्लाका मुख्य सडकखण्डमा डोजर परिचालन समेत गरिएको छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसम पूर्वानुमान सम्बन्धी सूचना सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिएको छ ।

Leave a Comment