---Advertisement---

क्रियसन रोका ’द भ्वाइस किड्स नेपाल’ को सेमिफाईनलमा प्रवेश

On: July 31, 2026 11:41 PM
Follow Us:

रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ भोटिङ राउण्डबाट म्याग्दीको मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोका सेमिफाईनलमा प्रवेश गरेका छन् ।


लाइभ सो प्रस्तुती मार्फत भोटिङ राउण्डमा प्रवेश गरेका रोकालाई जिताउन भोटिङको अभियानलाई तिब्रता दिइएको थियो । शुक्रबार रोका सेमिफाइनलमा प्रवेश गरेका हुन् ।मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गरी जिताउन अभियान सुरु गरिएको थियो ।


गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउन सम्पूर्णलाई सहयोगको अपिल समेत गरिएको थियो । रोका कोट वाङदेन शेर्पाको टिममा रहेका छन् ।

Leave a Comment