---Advertisement---

क्रियसन रोकालाई जिताउन अभियान तिब्र

On: August 5, 2026 7:11 AM
Follow Us:

रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ भोटिङ राउण्डबाट म्याग्दीको मंगला गाउँपालिका–३, सातबिसेका बाल प्रतिभा क्रियसन रोकालाई जिताउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले अभियान सञ्चालन गरेका छन् । लाइभ सो प्रस्तुती मार्फत भोटिङ राउण्डमा प्रवेश गरेका रोकालाई जिताउन भोटिङ अभियानका लागि म्याग्दीका जनप्रतिनिधिसहित सरोकारवाला तथा प्रवासमा रहेका म्याग्देलीले समेत सक्रियता देखाएको आफन्त सन्तोष गिरीले बताउनुभयो ।


गत शुक्रबार रोका सेमिफाइनलमा प्रवेश गरेका रोकालाई अब भोटिङ गर्न दुई दिन बाँकी छ । मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोकालाई अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’बाट भोटिङ गरी जिताउन सकिन्छ । गीतसंगीतसँगै पढाईमा पनि उत्कृष्ट रोकालाई यसपटक विजेता बनाउन सम्पूर्णलाई सहयोगको अपिल समेत गरिएको थियो । रोका कोट वाङदेन शेर्पाको टिममा रहेका छन् ।

Leave a Comment