---Advertisement---

घारखोला विद्युतगृहमा पहिरोमा पुरिएर सुरक्षागार्डको मृत्यु

On: August 11, 2026 1:31 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान सुख्खा पहिरो खस्दा सुरक्षागार्डको मृत्यु भएको छ। पहिरोमा पुरिएर अन्नपूर्ण–६ पोखरेबगरका ५५ वर्षीय दिपक बरुवाल (खेमराज) को मृत्यु भएको हो। पहिरोमा परी एक जना प्राविधिक घाइते भएका छन् भने अर्का प्राविधिकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो । पहिरोका कारण गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका थिए ।


विद्युतगृहका उपकरणमा समेत क्षति पुगेपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीन्दको टोलीले बरुवालको खोजी गरिरहेका छन् । घाइते विकलाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको छ । विद्युत् गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको हो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।

Leave a Comment