---Advertisement---

डेनमार्कमा पाँच दिनदेखि सम्पर्कविहीन रञ्जना भुसाल

On: August 10, 2026 3:30 PM
Follow Us:

डेनमार्कमा बस्दै आएकी एक नेपाली महिला सम्पर्कविहीन भएकी छन्। 

गैर आवासीय नेपाली संघ डेनमार्कका अनुसार अर्घाखाँचीको सन्धिखर्क-९ स्थायी घर भई हाल डेनमार्कमा बस्ने अन्दाजी ३० वर्षकी रञ्जना भुसाल गत बुधबारदेखि ग्लस्ट्रुपबाट सम्पर्कविहीन भएकी हुन्। 

संघले उनको खोजी कार्यमा सहयोग गरिदिन डेनमार्क तथा अन्य स्थानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ। भुसालबारे कुनै जानकारी प्राप्त भए तत्काल नजिकको प्रहरी कार्यालय, परिवारजन तथा सम्पर्क व्यक्तिलाई जानकारी गराएर सहयोग गर्न अनुरोध गरिएको छ।

सम्पर्क व्यक्तिहरूमा डेनमार्कका लागि प्रकाश ऐर रहेका छन्, उनको फोन नम्बर +४५७१५०६२१७ रहेको छ। साथै, नेपालका लागि लक्ष्मी रायमाझी (फोन नम्बर ९८६१२०९७९६) रहेको छ।

Leave a Comment