---Advertisement---

रसुवा बाढीबाट बाँचेका म्याग्देलीको दर्दनाक अनुभव : ‘फिल्ममा पनि नदेखेको दृश्य देखेँ’

On: September 2, 2026 5:27 PM
Follow Us:

हरिकृष्ण गौतम
रसुवाको भोटेकोशीमा उर्लिएको विनाशकारी बाढीको चपेटाबाट बाचेका धवलागिरी गाउँपालिका–२,खोरियाका टिकाकुमार पूर्जा अहिले गाँउ फर्किनुभएको छ । गत भदौ १० गते रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकुबेँसी पाङलिङमा निर्माणधिन अवस्थामा रहेको २ सय १६ मेगावाट क्षमताको आयोजना माथिल्लो त्रिशूली–१,जलविद्युत् आयोजनामा कार्यरत पूर्जा विहानै अडिट नं १ का बिमल पूर्जा, नविन पूर्जा, प्रदिप पूर्जासँगै काम गरिहेका टिकाकुमारले विहान ९ः२५ बजे खोलामा ठुलो आवाज सुने बाहिर आएर हेर्दा भयानक थियो ।


बाढीको उर्लंदो छालले आवासगृहसहित आसपासको संरचनालाई एकै चिहान बनाएपछि टिकाकुमार साथीहरूसहित भागेर ज्यान जोगाए । अडिटभित्र काम गरिरहेको अवस्थामा ज्यान जोगाउन भाग्दै गरेका टिकाकुमारका आफ्नै साथीहरू अहिलेपनि बेपत्ता छन् । ‘एक मिनेट पनि अडिटबाट निस्कन ढिलो भएको भए सायद बाच्ने अवस्था थिएन, सामान्य बाढी आउने खोलामा यसपटक पहाड नै पुर्ने जस्तै अग्लो थियो’ टिकाकुमारले भने ।

उनले बाढीमा बालबाल बाचेर नयाँ जीवन पाएको बताए । ‘भूकम्पमा जस्तै जमीन हल्लिएको थियो,यस्तो बाढी कहिल्यै देखेको थिइन,आँखै अगाडि बाढीले धेरैको खुसी लुटेर गयो’ टिकाकुमारले भाबुक हुदैं भने । टिकाकुमार बाँचेपनि उनका आफ्नै भाई प्रविण ड्याममा काम गरिरहेको अवस्थामा बेपत्ता छन् ।


‘मेरो भाईसहित धेरै सम्पर्कविहीन छन्, खोज्न जाने अवस्था छैन,अहिलेसम्म पनि कुनै निकायबाट उद्धारको जानकारी आएको छैन’ गहभरि आँसु पार्दै उनले भने । बाढीको दृश्य सम्झँदा आफू बचेकोमा भन्दा धेरै कुरा गुमाएको पीडाले उनलाई सताएको छ। ‘अहिले त बाँचेर पनि के गर्नुजस्तो लागेको छ, भाई सम्पर्कमा आए घरमा खुसी लिएर जाने चाहना छ’ उनले भने। उनले दैनिक पटक–पटक भाईको फोनमा सम्पर्क गर्ने गरेको बताए ।

बाढीपछि त सम्झिदाँ वित्तिकै भाइको नम्बारमा सम्पर्क गर्छु, मोवाइलमा फोन लाग्दैन । मैले जस्तै नयांँ जीवन पाएर फर्किन्छ भन्ने आस छ । मजदुरीका लागि ढेड बर्ष अगाडी रसुवा गएका टिकाकुमारले बेपत्ता भाईको अवस्थाका बारेमा परिवारलाई खुलेर बताउन सकेका छैनन् । अडिट, पावरहाउससहित विभिन्न संरचनामा काम गरिरहेका मजदुरले बाढी आउँदै गरेको सूचना पनि पाएनन् ।


‘एक्कासी बाढीले बगायो,सम्झिदाँ पनि सपना जस्तै लाग्छ’ भागेर ज्यान जोगाएका प्रदिपले भने । उनले बाढी आयोजनास्थलमा पसेपछि भाग्दै गरेको अवस्थामा समेत बगाएको दृष्य कहालीलाग्दो थियो । बाढी आउनुअघि कुनै पूर्वसूचना नदिइएको गुनासो समेत उद्धार गरिएकाले गरेका छन् । ‘सूचना पाइएको भए पहिल्यै भाग्थ्यौं, बाँच्न बाढीभन्दा छिटो दौडिनुप¥यो’ भागेर ज्यान जोगाएका प्रविणले भने । म्याग्दीबाट बाढीप्रभावित क्षेत्रमा कति छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म छैन ।


रसुवामा जलविद्युत आयोजनामा कार्यरत धवलागिरी गाउँपालिका–२,खोरियाका प्रविण पूर्जा र मालिका गाउँपालिका–४,छापका भविन्द्र रेग्मी बाँधस्थलमा काम गरिरहेको अवस्थामा एक्कासी बाढी आएर सम्पर्कविहिन छन् । उद्धारमा खटिएको टोलीलाई आयोजनास्थलको बाँध र टनेल आसपासमा खोजीकार्यलाई तिब्रता दिन अनुरोध गरिएको छ ।

बाढीप्रभावितलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री एवम् म्याग्दीका सांसद महावीर पुनको पहलमा उद्धार गरिएको थियो । बाढीबाट टिकाकुमार पूर्जा, बिमल पुर्जा र नविन पुर्जा, प्रदिप पूर्जा, तुलु विश्वकर्माको उद्धार भएको थियो । बाढीप्रभावित क्षेत्रदेखि आफ्नो घरसम्म आउन सहयोग गरेको भन्दै यूवाहरुले धन्यवाद दिएका छन् ।

Leave a Comment