---Advertisement---

“ग्राहक पहिचान विवरण अद्यावधिकको नाममा २ लाख ५१ हजार ठगिएपछि…

On: September 2, 2026 9:15 PM
Follow Us:

पर्वत जिल्लामा “ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्नुपर्ने भन्दै फोन गरेर बैंक खाताबाट रकम ठगी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा पीडितले दिएको उजुरीमा २ फरक फरक घटनामा २ लाख ५१ हजार ठगिएको प्रहरी निरीक्षक राजन कुमार पटेलले बताउनुभयो ।


बैंकको कर्मचारी भन्दै मोवाइल नम्बरबाट एक ग्राहकको रु. १ लाख ६६ हजार ९ सय र अर्को ग्राहकबाट ८५ हजार रकम ठगी भएको छ ।फोनमार्फत प्थ्ऋ अपडेट, बैंक खाता नवीकरण वा अन्य बहानामा OTP, PIN, पासवर्ड, बैंक विवरण वा मोबाइलमा आएको कोड माग्ने व्यक्तिबाट सर्तकता अपनाउन प्रहरी निरीक्षक पटेलले अनुरोध गर्नुभयो ।


यता बैंकका कर्मचारीले कहिल्यैपनि फोनबाट यस्तो विवरण माग्दैन्, ग्राहकलाई प्रत्यक्ष बैंकको शाखामै उपस्थित हुन अनुरोध गर्ने भएकाले फोनबाट माग्ने विवरण ठगीमा संलग्नहरुबाट मात्रै हुने जनाएका छन् । अपरिचित नम्बरबाट आउने फोनमा विश्वास नगर्न र तत्कालै बैंक र प्रहरीलाई सम्र्पक गर्न अनुरोध गरिएको छ ।

म्याग्दीमा समेत बर्षेनी लाखौं डिजिटल माध्यमबाट ठगि हुने गरेको छ । आफ्नो बैंकसम्बन्धी गोप्य विवरण कसैलाई पनि जानकारी दिन नहुने तथा ठगिबाट जोगिन पूर्व सर्तकता अपनाउनुपर्ने बैंक तथा वित्तिय संस्थाले जनाएका छन् । बर्षेनी डिजिटल ठगि हुने भएपनि वित्तिय संस्थाले भने सचेतनामुलक अभियान सञ्चालनमा भने ध्यान दिएको पाइदैन ।

Leave a Comment