सुदीप खत्री
म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा सञ्चालित एकमहिने योग शिविर बुधबार सम्पन्न भएको छ।

नवीन आनन्द योग केन्द्र, सिंगा उपशाखाको आयोजनामा सञ्चालित शिविरमा स्थानीयवासीको सहभागिता रहेको थियो। हरेक बिहान दुई घण्टाका दरले सञ्चालन भएको योग शिविरमा योग प्रशिक्षक सन्दीप खत्री र दुर्गा गौतमले प्रशिक्षण दिनुभएको थियो।

एकमहिने तालिम सम्पन्न भए पनि योग अभ्यासलाई निरन्तरता दिँदै व्यवस्थित रूपमा सञ्चालन गरिने नवीन आनन्द योग केन्द्र, सिंगा उपशाखाका अध्यक्ष रमेशप्रसाद पौडेलले बताउनुभयो।

असल आहार, विहार, व्यवहार र विचारमार्फत मानसिक तनाव व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरलाई निरन्तरता दिन नवीन आनन्द योग केन्द्र नेपालले थप एक महिनाका लागि निःशुल्क योग प्रशिक्षक उपलब्ध गराउने जनाएको छ।

नवीन आनन्द योग केन्द्र, सिंगा उपशाखाका अध्यक्ष तेज बहादुर बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), नवीन आनन्द योग केन्द्र नेपालका अध्यक्ष हरिप्रसाद पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।










