अमेरिकामा धौलागिरी गाउँपालिका समाज अमेरिका गठन गरिएको छ । रोजगार, ब्यापार लगायत विभिन्न सिलसिलामा अमेरिकामा रहनुभएका धौलागिरीबासीको भेलाबाट धौलागिरी गाउँपालिका-२ खोरियाका नवराज फगामीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्ष धुब्र केसी (मराङ), नगेन्द्र पुन (धारापानी), महिला उपाध्यक्ष हरिमायाँ पुन (खिवाङ),
महासचिव बिरु घर्ती (कल्लेनी), सचिव होम बुढा (लम्सुङ), कोषाध्यक्ष आनन्द रोका (मुदी), सह–कोषाध्यक्ष, नरदेवी पुर्जा (खिवाङ) रहनुभएको छ ।

समितिको सदस्यहरूमा प्रेम थापा (ताकम), राम भण्डारी (फलियाँगाउँ),बुद्धि गर्बुजा (खोरिया),मिश्वर घर्ती (खिवाङ), यामकुमारी पुर्जा (खिवाङ), बुद्धि पाईजा (लम्सुङ),जुंगे विक (लुलाङ),मिसरा पुन (मराङ) मोमप्रसाद पुर्जा (खोरिया),मन पुन (मराङ) रहनुभएको सल्लाहकार एवम् म्याग्दी प्रवासी नेपाली संघ मोना अमेरिकाका अध्यक्ष तारा गौचनले बताउनुभयो ।
समितिको सल्लाहकारमा तारा गौचन (लम्सुङ),चिनकुमार जुग्जाली (मराङ) र रमेश सिर्पाली (मराङ) रहनुभएको छ । समितिका अध्यक्ष फगामीले जन्मभूमी धौलागिरी गाउँपालिकाबाट अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्नेहरुलाई एकजुट बनाएर सामाजिक, मानवीयसहित विभिन्न कार्यहरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।










