म्याग्दी समाज अमेरिकाले रसुवा लगायतका जिल्लामा महाविपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १० लाखभन्दा बढी सहयोग गरेको छ । समाजले बाढीबाट विस्थापितको पुर्नस्थापनामा सरकारलाई सघाउन १० लाख ३० हजार सहयोग गरेको उपाध्यक्ष जगत घिमिरेले बेनीअनलाइनलाई बताउनुभयो । ‘नेपालको विपत्तीले हामीलाई धेरै पीडा दिएको छ, सानो सहयोग पठाएर पीडितसँगै भएको सन्देश प्रवाह गरेका छौ’ उपाध्यक्ष घिमिरेले भन्नुभयो ।

विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको अध्यक्ष कमल भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीले घाइतेहरूको उद्धार तथा उपचार र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबैले हातेमालो गर्नु पर्ने अध्यक्ष भण्डारीको भनाई छ ।
समाजले सदस्य, शुभेच्छुक तथा विभिन्न दाताहरूबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, नेपाल सरकारमा जम्मा गरेको हो।यस अभियानले प्रवासमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र एकताको उदाहरण प्रस्तुत गरेको समाजले जनाएको छ ।









