---Advertisement---

खाजा खर्च कटाएर बेनी बोर्डिङका विद्यार्थीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

On: September 3, 2026 3:34 PM
Follow Us:

आफूले खाने खाजाको खर्च कटाएर भोटेकोशी बाढीपीडित परिवारको राहतका लागि बेनी बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले २१ हजारभन्दा बढी सहयोग गरेका छन् ।

बाढीबाट आफ्नो उमेरका धेरै विद्यार्थीले ज्यान गुमाएको भन्दै विद्यालयमा रहेको बालक्लवको सक्रियतामा विद्यार्थीबाट २१ हजार ८२५ रुपैयाँ विद्यालयका प्रिन्सिपल नविन पोख्रेललाई हस्तान्तरण गरेका थिए । क्लवका संयोजक जोविन घर्ती क्षेत्रीसहित विद्यार्थीले खाजा खर्च संकलनसँगै विद्यालय, शिक्षक तथा विद्यार्थीको संयुक्त पहलमा जम्मा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरिएको विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँले बताए ।


उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको ग्लोबल आइएमई बैंकमा जम्मा गरिएको छ । विद्यालयका प्रिन्सिपल पोख्रेलले विद्यार्थीको सामाजिक एवम् मानवीय सेवाप्रतिको सक्रियताबाट उत्साहित भएको बताए । उनले विद्यार्थीहरूकोसहयोगी भावना र मानवीय सोचलाई सधै प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

यही भदौ १० गते रसुवाको लाङटाङ हिमाल आसपासबाट हिमनदी पहिरो खस्दा १ हजार बढी नागरिकको मृत्यु भएको, सयौँ जना बेपत्ता भएको र हजारौँ नागरिकहरुको अहिले पनि उद्धारको काम भैरहेको छ । बाढीपीडितबाट प्रभावितहरुलाई स्वदेश तथा विदेशबाट आर्थिकसहित जिन्सीलगायत सहयोगहरु आइरहेका छन् । बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्ला प्रभावित बनेका छन् ।

Leave a Comment