---Advertisement---

सदरमुकाम सार्ने लेकबाट बेसी गोठ सारेजस्तो सजिलो विषय होइन : पूर्वमन्त्री जुग्जाली

On: October 18, 2026 8:26 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनी बजार सार्ने विषयलाई लिएर जिल्लामा राजनीतिक तथा प्रशासनिक वृत्तमा अचानक बहस सुरु भएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद रेशम जुग्जालीले कडा व्यङ्ग्य गर्नुभएको छ । विपद् व्यवस्थापनसम्बन्धी छलफलकै क्रममा चर्चा भएको सदरमुकाम सार्ने छलफलको विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै कटाक्ष गर्नुभएको हो ।


प्रदेश सांसद जुग्जालीले सामाजिक सञ्जालमा लेख्दै जिल्लाको सदरमुकाम सार्ने विषय अत्यन्त संवेदनशील र जटिल हुने भन्दै यसलाई हचुवाको भरमा उठाउन नहुने बताउनुभयो । उहाँले लेख्नुभएको छ,“म्याग्दीको सदरमुकाम सार्ने विषय प्रवेश पाएको छ,सदरमुकाम सार्ने विषय पहिले–पहिले बाजेहरूले लेकबाट बेसी गोठ सारेजस्तो सजिलो विषय होइन है! सामान्य प्रशासनिक एकाइ एक ठाउँबाट अर्को ठाउँ सार्ने विषय त कति गाह्रो हुन्छ भने जिल्ला सदरमुकाम सार्ने भन्ने विषय धेरै जटिल विषय हो। यसलाई यति हल्का बनाउनु हुँदैन कि म छोटा बुद्धिवालाको बुझाइ है हजुर!”


पूर्व मन्त्री जुग्जालीले म्याग्दी जिल्लामा विपद्का धेरै सवालहरुमा काम गर्नुपर्ने अवस्थामा अनावश्यक बहसको पछाडी नलाग्ने बताउनुभयो । कालीगण्डकी, रघुगंथा र म्याग्दी नदीको संगमस्थलमा रहेको बेनी बजार बर्सेनि वर्षायाममा बाढी र कटानको त्रासमा रहेको अवस्थामा तीनै तहको सरकारका प्रतिनिधि मिलेर राज्यका निकायमा काम गर्नुपर्ने जुग्जालीको भनाई छ । पूर्व मन्त्री जुग्जालीले बेनीबजारसहित तटिय क्षेत्रमा रहेक जिल्लाका सबै बस्तीलाई नदी नियन्त्रणका लागि बलियो तटबन्ध निर्माण र वैज्ञानिक संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

Leave a Comment