प्रधानमन्त्री बालेन शाहले विपत्ति र चुनौतीका समयमा धैर्य कायम गर्दै आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने उल्लेख गर्नुभएको छ ।
उहाँले यस्तो कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा भन्नुभएको छ, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्; यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।”
उहाँले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
देश विभिन्न विपत्ति तथा चुनौतीबाट गुज्रिरहेको समयमा प्रधानमन्त्री शाहको यस्तो सन्देश आएको हो । उहाँले जन्माष्टमीको अवसरमा भगवान् श्रीकृष्णका शिक्षालाई स्मरण गर्दै कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्यप्रति इमानदार र निष्ठावान् रहनुपर्ने सन्देश दिनुभएको छ ।












