---Advertisement---

एनआरएनएद्वारा उद्धार कोषमा १ करोड हस्तान्तरण

On: August 31, 2026 9:13 PM
Follow Us:

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो।


गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), बाट संकलित रकममध्ये संघले पहिलो चरणमा १ करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको महिला उपाध्यक्ष राधिका गुरुङले बेनीअनलाइनलाई बताउनुभयो । एनआरएनएले प्रभावित स्थानमै पुगेर प्रत्यक्ष रुपमा गरेको राहत वितरणसहित ५ करोड सहयोग गर्ने भनी गरेको प्रतिबद्धताप्रति सरकारले गैरआवासीय नेपालीलाई धन्यवाद समेत दिएको छ।


रकम हस्तान्तरणका क्रममा एनआरएनएका अध्यक्ष हेमराज शर्माले हालै आएको विनाशकारी बाढी तथा डुबानका कारण भएको जनधनको क्षतिप्रति संघ मर्माहत भएको बताउनुभयो । संघका अध्यक्ष शर्माले एनआरएनएको टोली रसुवा र नुवाकोटमै पुगेर जिल्ला विपद् व्यवस्थापन समितिलगायत सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्री वितरण तथा हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो । गैरआवासीय नेपालीले संस्थागत तथा ब्यक्तिगत रुपमा समेत धेरै सहयोग गरेको छ । विगतमा समेत भूकम्पसहित प्राकृतिक विपत्तीमा एनआरएनएले गोरखाको बारपाकमा सामुहिक आवाससहित करोडौं सहयोग गरेको छ ।

Leave a Comment