---Advertisement---

बाढीपीडितलाई न्यु वेस्ट पोइन्टले पठायो साढे ४ लाख ५१ हजार आर्थिक सहयोग

On: September 3, 2026 9:50 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यु वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले महाविनाशकारी बाढीबाट प्रभावितलाई चार लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गएको भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिपछि विपद्मा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यलेनर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले १ लाख, युवा रेडक्रस सर्कलको कोषबाट ३ हजार ७ सय ८० रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट १ लाख ९४ हजार १ सय ४९ रुपैयाँ र सञ्चालक समिति वेस्ट पोइन्ट एजुकेसन फाउन्डेसनबाट १ लाख ५६ हजार ८ सय ५१ रुपैयाँ सहयोग गरिएका विद्यालयका प्रधानध्यापक डीवी दाहालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।


‘विद्यार्थीले खाजा खर्च कटाएर अभियान सञ्चालन गरे, यो मानवीय सेवामा विद्यार्थीको सक्रियता निकै लोभलाग्दो छ’ प्रअ दाहालले भन्नुभयो । बाढीपहिरोबाट विद्यार्थी समेत प्रभावित भएको अवस्थामा विद्यार्र्थीले सहयोग जुटाउन अग्रसर भएका थिए । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सानो सहयोगले भए पनि केही योगदान पुग्ने अपेक्षा विद्यालयले गरेको छ ।

म्याग्दीमा संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न विद्यालयका शिक्षकलाई दिने गरेका छन् । रसुवाको लाङटाङ हिमाल आसपासबाट हिमनदी पहिरो खस्दा १ हजार बढी नागरिकको मृत्यु भएको, सयौँ जना बेपत्ता भएको र हजारौँ नागरिकहरुको अहिले पनि उद्धारको काम भैरहेको छ

Leave a Comment