---Advertisement---

गाउँघरकै झल्को दिने गरीमोना कतारले खेल्यो देउसीभैलो

On: November 10, 2026 5:04 PM
Follow Us:

कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारद्धारा दीपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरेको छ । प्लाजा मल सम्सरा नेपाली रेष्टुरेन्टमा आयोजित देउसीभैलोमा शुभकामना आदानप्रदान सहित सांगितिक कार्यक्रम गरिएको थियो ।

परम्परागत शैलीमा भट्याउँदै खेलिएको देउसीभैलोको उद्घाटन गदैं मोना कतारका संरक्षक एवम् मोना आईसीका कोषाध्यक्ष नरेन्द्र फगामीले नेपाली मौलिक कला, परम्परा र संस्कृतिको झल्को दिने गरी आयोजित देउसी भैलोले म्याग्देली बिचको एकता र सहकार्यलाई समेत उचाईमा पुर्याएको बताउनुभयो । प्रमुख अतिथि फगामीले कतारमा रहेका नेपालीलाई जन्मभूमीकै भल्को दिने गरी तिहार मनाउँदा मौलिकताको संरक्षणमा समेत योगदान पुगेको बताउनुभयो ।


म्याग्देली ब्यवसायी हरि पुनको सम्सरा रेष्टुरेन्टमा खेलिएको देउसी भैलोमा सांस्कृतिक विभागकी यमुना पटेलले विभिन्न मौलिक गितमा नृत्य प्रस्तुत गर्नुभएको थियो । देउसीभैलोबाट ३२ सय ४९ कतारी रियाल संकलन भएको मोना कतारले जनाएको छ । उक्त सकलित रकमबाट ब्यवस्थापन खर्च कटाएर आपतकालिन कोषसहित संस्थागत विकासमा खर्च गरिने अध्यक्ष बाबुराम भण्डारीले बताृउनुभयो । अध्यक्ष भण्डारीले दशैंमा सामुहिक टिका तथा तिहारमा देउसीभैलो हरेक बर्ष निरन्तर गर्ने गरिएको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईली, मोना आइसीका पूर्व महासचिव एबम् मोना कतारका पूर्व अध्यक्ष बिक्रम कार्की, संरक्षक एवम् निर्वतमान अध्यक्ष राजु पौडेल,गण्डकी प्रदेश समन्वय परिषद् कतारका महासचिव मन प्रसाद राना लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सदस्यहरुको उपस्थिती रहेको थियो । प्रवासमा नेपाली संस्कृति र चाडपर्वको संरक्षणमा सबै नेपाली संघसंस्थाको सक्रियता आवश्यकता रहेको बताइएको थियो ।

Leave a Comment