---Advertisement---

सिड्नीमा मोना अष्ट्रेलियाको देउसी-भैलो, नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा जोड

On: November 11, 2026 10:33 PM
Follow Us:

नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले सिड्नीका विभिन्न क्षेत्रमा देउसीभैलो कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष आयोजना हुँदै आएको उक्त कार्यक्रममा सिड्नीका क्याम्प्सी, स्ट्राथफिल्ड, हस्र्टभिल तथा लिपिङ्टनलगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले देउसी–भैलोमार्फत नेपाली मौलिक संस्कृति र परम्परालाई उत्साहपूर्वक मनाएका थिए।


नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मोना अष्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गरेको छ।


प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नु सबै नेपालीको दायित्व र साझा जिम्मेवारी रहेको मोना अष्ट्रेलियाका महासचिव बाबुराम पौडेलले बताउनुभयो।

आगामी दिनमा खेलकुद, म्याग्दी जिल्लाको पर्यटन प्रवद्र्धन, सामाजिक तथा मानवीय सेवा र कला, संस्कृतिका साथै सामुदायिक एकता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। देउसी–भैलो कार्यक्रमबाट करिब १४ लाख रुपैयाँ संकलन भएको मोना अष्ट्रेलियाका कोषाध्यक्ष राज खत्रीले बताउनुभयो। व्यवस्थापन खर्च कटाएर बाँकी रकम संस्थागत विकास तथा आपत्कालीन कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो।


नेपाली संस्कृति र परम्पराको जगेर्नासँगै सामाजिक तथा मानवीय सेवामा योगदान पु¥याउने उद्देश्यले आयोजित कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी एकता र सद्भाव अभिवृद्धिमा सहयोग पु¥याएको छ। देउसीभैलोबाट सङ्कलन भएको रकमलाई सामाजिक कार्य, परोपकार तथा म्याग्दी जिल्लाको विकासका विभिन्न योजनाहरूमा सहयोग गर्न प्रयोग गरिँदै आएको छ।

मोना अष्ट्रेलियाले म्याग्दी जिल्लाको पर्यटन प्रर्बधनका लागि यस अगाडी दुई संस्करणमा फोटो प्रतियोतिाको आयोजना गरेको छ भने आगामी दिनमा समेत जिल्लाको विकासमा योगदान पुर्याउने गरी विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ ।

Leave a Comment