युएईमा रहेका म्याग्देलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित शुभकामना आदान प्रदान तथा देउँसीभैलो कार्यक्रममा उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । दशैंतिहारमा जन्मभूमि आउन नपाएकाहरुलाई चाडपर्वको खल्लो महसुस हुन नदिन मोनामा आवद्ध म्याग्देलीहरुको उपस्थितमा तिहार विशेष शुभकामना आदानप्रदान एवम् देउशीभैला कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको मोना अन्तराष्ट्रि«यका उपाध्यक्ष ईन्जिनियर नन्दबहादुर गर्बुजाले उद्घाटन गदैं मोनामार्पmत प्रवासमा रहेका म्याग्देलीलाई लक्षित गरी आयोजित कार्यत्रमले सम्बन्ध झन बलियो भएको बताउनुभयो । प्रमुख अतिथि ई गर्बुजाले म्याग्देलीको एकता र सहकार्यलाई बलियो बनाउन विश्वभर मोनाको सञ्जाल विस्तार भइहरेको बताउनुभये ।

कार्यक्रममा नेपाली समाज युएईका महासचिव जीवन पङ्गेनी, मोना यूएईका सस्थापक अध्यक्ष तथा संरक्षक प्रदिप सुवेदी,पर्बत समाज युएईका प्रमुख सल्लाहकार तथा ग्लोबल पर्बत समाजका कोषाध्यक्ष तिलक सापकोटा,कास्की आदर्श समाज युएईका वरिष्ठ उपाध्यक्ष बिनोद के सी पर्बत समाज युएईका महासचिव जगदीश शर्मा र कोषाध्यक्ष नवीन थापा,नेपाल मगर संघ केन्द्रिय समिती युएईका अध्यक्ष बिष्णु राना मगर,लाङ्गघाली संगीत संसार युएई अध्यक्ष दिप राना मगर,नेपाल मगर सघ युएई दुबई क्षेत्रिय समिती कार्यबाहक अध्यक्ष लक्षमण थापा मगर,नेपाल मगर संघ शाखा युएई शारजाह क्षेत्रिय समिती अध्यक्ष ओम थापा मगर लगायतको उपस्थिती रहेको थियो । सोहीअवसरमा फोटोग्राफर लाल बहादुर ढेङ्गालाई सम्मान गरिएको थियो ।

मोना यूएईले मोना आइसीका उपाध्यक्ष ई. गर्बुजाकी धर्मपत्नी स्मृति सुबेदीलाई स्वागत समेत गरेको थियो भने बालकुमारी गर्बुजालाई भ्रमण सफलता सहित मायाको चिनो हस्तान्तरण गरिएको थियो । देउसीभैलो सहित नेपाली मौलिक गीतमा छम्छमी नाचेर म्याग्देली दाजुभाई तथा दिदिबहिनीले तिहारको खुसीयाली साटासाट गरेका थिए । देउसी भैलोमा पञ्चेबाचा, थाली नाच सहितको नृत्य समेत प्रस्तुत गरिएको थियो ।

म्याग्दीमा हुने विपद् तथा सामाजिक कार्य, विकास निर्माण तथा परोपकारी कार्यमा सहयोग गर्ने लक्ष्य सहित मोना युएईले तिहारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा देउसीभैलौ कार्यक्रम सम्पन्न गरेको मोना युएइका अध्यक्ष काजीमान बुढाथोकीले बताउनुभयो ।

कार्यक्रमका संयोजक यमुना रोकाले प्रदेशमा रहेका म्याग्देलीहरुविचमा भाईचारा सम्वन्धलाई बलियो बनाउदै अघि बढ्न र हाम्रा परम्परागत संस्कृतिको जर्गेना साथसाथै रमाईलो गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मोना युएईका अध्यक्ष बुढाथोकीको अध्यक्षता र मोना अन्तराष्ट्रि«यका महासचिव सुवास राम्जालीको संचालनमा भएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।

















