म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा परेको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै समाज र राष्ट्रको आधारशिलाका रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको अर्थुङ्गे युवा क्लब ४–१ गोलले थकाली एक्स निलगिरी हाडर्वयरलाई पराजित गरेको थियो ।
असोज २३ र २४ गते बेनी फुटसल शिक्षामार्गमा भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता, उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ नगद र ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लव अध्यक्ष विबेक बानियाँ क्षेत्रीले बताउनुभयो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी आशिष गुरुङ,उत्कृष्ट गोलरक्षक अञ्जन क्षेत्रीले नगद ५ हजार, ट्रफि प्राप्त गरेका थिए भने अनुशासित टिम धुवी बोट एफसीले७ हजार पुरस्कार प्राप्त गरेको थियो ।

प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभएको थियो । यसअगाडी तोकिएको समयमा म्याग्दीमा बाढीपहिरोका कारण जनजिवन अस्तब्यस्त भएपछि नयाँ कार्यतालिका अनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ । क्लवले प्रतियोगिताको नयाँ मिति तय गरी बाढीपहिरोका कारण बेनीबजार तथा आसपासका क्षेत्रमा खानेपानीको अभाव झल्दै आएकालाई निशुल्क वितरण समेत समेत गरेको थियो ।
यसैबीच प्रतियोगिताको आयब्यय सार्वजनिक गरी बचतले सामाजिक कार्य गरिने क्लवका सल्लाहकार बिबेक हमालले जानकारी दिनुभयो । गाउँमा सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय रहेको क्लवले विगतमा समेत प्रतियोगिता सहित रचनात्मक कार्य गर्ने गरेको थियो ।











