---Advertisement---

म्याग्दीमा नेपाली कांग्रेस देउवा पक्षले चयन गर्यो पालिका सभापति

On: October 11, 2026 9:48 PM
Follow Us:

हिराबहादुर पुन संयोजक रहेको नेपाली कांग्रेस (शेरबहादुर देउवा समूह)ले म्याग्दीका ६ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । यही असोज १५ देखि १९ गतेसम्म वडा र २०–२४ सम्म पालिकाको अधिवेशनबाट जिल्लाका २८ वटा वडा सहित ६ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।


अधिवेशनले बेनी नगरपालिकाको नगर सभापतिमा बालकुमार लामिछाने (विश्वकर्मा),मंगला गाउँपालिका सभापतिमा भिमलाल गौतम ,मालिका गाउँपालिका सभापतिमा मोहनबहादुर पुन,धवलागिरी गाउँपालिका सभापतिमा नन्दबहादुर छन्त्याल ,अन्नपूर्ण गाउँपालिका सभापतिमा गोविन्द पुन र रघुगंगा गाउँपालिका सभापतिमा पुर्णप्रसाद छन्त्याल चयन हुनुभएको नेपाली कांग्रेस १५ औं महाधिवेशन तथा आठौं जिल्ला अधिवेशन तयारी समिति संयोजक हिराबहादुर पुनले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।


उहाँका अनुसार ,२८ वटा वडामा सभापति सहित नयाँ कार्यसमिति चयन सहित ३७ वटा वडाबाट क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।छिट्टै प्रदेश सभा निर्वाचन क्षेत्र (क) र (ख) को अधिवेशन गरी नयाँ नेतृत्व र प्रदेश महाधिवेशन प्रतिनिधि चयन गरिने संयोजक पुनले बताउनुभयो । ंसंयोजक पुनले पार्टीको आधिकारिक विवाद सर्वोच्च अदालतमा रहेकाले अहिलेको अवस्थामा पार्टीको आधिकारिक कुनैपक्ष नभएको बताउँदै आफ्नो संयोजकत्वमा पालिकाको जिम्मेबारी सम्हालेका संस्थापन पक्षजस्तो नदोहोरिएको बताउनुभयो ।

यस्ता छन् २८ वडामा छानिए सभापति
नेपाली कांग्रेस (इतरपक्ष)म्याग्दीले १५औं केन्द्रीय महाधिवेशन तथा ८औं जिल्ला अधिवेशनको तयारी स्वरूप जिल्लाका विभिन्न २८ वटा वडाका सभापति चयन भएका छन् । जिल्ला संयोजक हिरा बहादुर पुनका अनुसार ,वडा अधिवेशनबाट सभापतिहरू चयन भएका छन्। इतरपक्षले महिलातर्फ चार जना सभापति चयन गरेको छ ।

उमादेवी सापकोटा (मंगला –४) , लाल कुमारी बानीयाँ (बेनपा–६ ),मिनकुमारी थजाली (रघुगंगा– ५)र थममाया पुर्जा (अन्नपुर्ण–१ ) गरी चार जना महिला सभापति चयन हुनुभएको छ ।
इतरपक्षले पाँच जना दलित समुदायबाट पाँच वडा सभापति चयन गरेको छ ।

खड्क बहादुर किसान (मंगला– २) , खुम बहादुर दमाई (मालिका –२), भिम श्रीपाली ( धवलागिरी –४ ), नर्गु विश्वकर्मा (धवलागिरी– ५) र सुरज कुमार रामदाम (बेनपा– ५ ) वडा सभापतिमा चयन हुनुभएको छ। नेपाली कांग्रेसले आसन्न महाधिवेशन र जिल्ला महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण तथा तयारीको कामलाई तीव्रता दिइएको संयोजक पुनको भनाइ छ । यसैगरी कात्तिक १५ गते हुन लागेको ८औं जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ ।


संस्थापन पक्षले पुरानै अनुहारलाई दोहो¥याएको भन्दै जिल्ला संयोजक पुनले आफुहरुले वडा र पालिका अधिवेशनबाट खुला, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, श्रमिक, युवा, पेशागत, अपाङ्गता तथा अल्पसंख्यक लगायतका विभिन्न क्लस्टरबाट नयाँ नेतृत्व र प्रतिनिधिहरू सर्वसम्मत चयन गरिएको छ । बाँकी वडाहरुको अधिवेशन पनि छिट्टै गरिने जनाइएको छ ।

क्र.सं.सभापतिहरूको नामावली
१आनोन पुन मङ्गला गाउँपालिका वडा नं १
२खड्क बहादुर किसानमङ्गला गाउँपालिका वडा नं २
३उमादेवी सापकोटामङ्गला गाउँपालिका वडा नं ४
४दिल बहादुर घर्तीमङ्गला गाउँपालिका वडा नं ५
५खम बहादुर दमाईमालिका गाउँपालिका वडा नं २
६भिम सिर्पालीधवलागिरी गाउँपालिका वडा नं ४
७नर्गु विश्वकर्माधवलागिरी गाउँपालिका वडा नं ५
८सुवास घर्ती क्षेत्रीबेनी नगरपालिका वडा नं १
९कृष्ण बहादुर घिमिरेबेनी नगरपालिका वडा नं २
१०भीमबहादुर थापा मगरबेनी नगरपालिका वडा नं ३
११टेक बहादुर फगामीबेनी नगरपालिका वडा नं ४
१२सुरज कुमार रामदामबेनी नगरपालिका वडा नं ५
१३लाल कुमारी बानियाँबेनी नगरपालिका वडा नं ६
१४निरज श्रेष्ठबेनी नगरपालिका वडा नं ८
१५भुमिराज गर्बुजाबेनी नगरपालिका वडा नं ९
१६बेगम पाइजाबेनी नगरपालिका वडा नं १०
१७खिम बहादुर फगामीरघुगंगा गाउँपालिका वडा नं १
१८अर्जुन कार्कीरघुगंगा गाउँपालिका वडा नं २
१९तिर्थलाल बुढुजारघुगंगा गाउँपालिका वडा नं ३
२०मित कुमारी धजालीरघुगंगा गाउँपालिका वडा नं ५
२१खिम बहादुर शेरपुञ्जारघुगंगा गाउँपालिका वडा नं ६
२२अविनाश पुनरघुगंगा गाउँपालिका वडा नं ७
२३जिबिन्द्र छन्त्यालरघुगंगा गाउँपालिका वडा नं ८
२४थममाया पूर्जाअन्नपूर्ण गाउँपालिका वडा नं १
२५डोलेन्द्र फगामीअन्नपूर्ण गाउँपालिका वडा नं ४
२६बाबुराम गर्बुजाअन्नपूर्ण गाउँपालिका वडा नं ५
२७हिरा बहादुर पुनअन्नपूर्ण गाउँपालिका वडा नं ७
२८राजु पुनअन्नपूर्ण गाउँपालिका वडा नं ८

Leave a Comment