---Advertisement---

चर्खे पिङ हरायो, लिङ्गे पिङ लाई जोगाउन समेत हम्मेहम्मे

On: October 19, 2026 10:49 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनी बजारस्थित खुलामञ्चमा दसैँका लागि लिङ्गे पिङ हालिएको छ । कुनै जमानामा सदरमुकाम बेनीबजारका विभिन्न स्थानमा देखिने लिङ्गे पिङ हराउन थालेपछि वडा कार्यालयको पहलमा विगत पाँचबर्षदेखि खुल्लामञ्चमा लिङ्गे पिङ हाल्ने गरिएको छ ।


म्याग्दीका ग्रामिण क्षेत्रबाट समेत विस्तारै हराउन थालेको लिङ्गे पिङलाई संरक्षण गर्ने यूवाजनशक्तीको अभाव तथा डिजिलट प्रविधिका कारण फुर्सदको समयमा मोवाइलमा ब्यस्त हुन थालेपछि एकदशक अगाडीसम्म नियमित लिङ्गे पिङ हाल्ने स्थानमा अहिले न्युन संख्यामा देख्ने गरिएको छ ।

म्याग्दीमाचर्खेपिङ करिब लोभ भइसकेको छ । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको अवस्थामा लिङ्गे पिङको संरक्षणमा वडा कार्यालयले खर्च ब्यवस्थापन गर्ने गरेको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । बजारका बासिन्दालाई दसैँमा पिङ खेल्ने व्यवस्था मिलाइएको छ। “बजारका बालबालिकाले लिङ्गे पिङको बारेमा जानून्, बुढापाकाले खेल्न पाऊन् भनेर हालिएको हो,” उहाँले भन्नुभयो, “परम्परा र लिङ्गे पिङको संरक्षण गर्नु पनि यसको उद्देश्य हो।”


मजदुर परिचालन गरी बाँसका लिङ्गा गाड्ने, लठ्ठा तान्ने र काठ राख्नेलगायतका काम गरेर पिङ तयार गरिएको हो। पिङ राखिएपछि बेनी बजारमा दसैँको रौनक थपिएको छ। दसैँ, तिहारका अवसरमा लिङ्गे पिङ हालेर खेल्ने नेपाली परम्परा रहे पनि पछिल्लो समय गाउँघर र सहरबजारमा आधुनिक जीवनशैलीका कारण यो चलन हराउँदै गएको छ।

म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा पनि बडादसैँका बेला परम्परागत लिङ्गे पिङ हाल्ने चलन रहेको निर्माण ब्यवसायी समितिका अध्यक्ष गोपाल भटचनले बताउनुभयो । पछिल्ला वर्षमा लिङ्गे पिङ लोप हुँदै जान थालेपछि संस्कृति संरक्षण गर्ने उद्देश्यले बेनीका स्थानीय क्लब, युवा समूह तथा वडा कार्यालयको पहलमा पिङ हाल्ने गरिएको छ। बेनीको खुलामञ्चमा पिङ राखिएसँगै बालबालिका, युवा तथा ज्येष्ठ नागरिकलाई परम्परागत मनोरञ्जनको अवसर मिलेको छ।

Leave a Comment