---Advertisement---

भारतीय क्लबमा म्याग्दीका सुभगको उत्कृष्ट प्रदर्शन, १८ खेलमा ३ गोल र ७ एसिस्ट

On: October 19, 2026 7:25 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका–९,तिनमानेका १८ बर्षिय सुभग सुवेदी भारतको मुम्बईस्थित प्रतिष्ठित क्लब मुम्बई सकर प्रोडिजीज (एमएसपी)बाट १८ खेलमा ३ गोल र ७ एसिष्ट गरेका छन् ।

भारतको प्रतिष्ठित मिनर्भा पञ्जाब एफसी एकेडेमीमा करिब एक महिना प्रशिक्षण गरी पहिलोपटक भारतीय मैदानमा खेलेका मिडफिल्ड सुबेदीले प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरे । क्लवबाट मिडफिल्डको भूमिकामा रहेका सुबेदीले आवश्यकताअनुसार अन्य पोजिसनमा पनि जिम्मेवारी सम्हाल्न गरेका छन् ।


फुटबलसँगै पढाइलाई पनि निरन्तरता दिएका सुभगले पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयबाट कक्षा १२ मा ३.६६ जिपिए हासिल गरेका छन्। खेल र शिक्षालाई सँगसँगै अघि बढाउदै लगेका सुबेदीले मुम्बईस्थित क्लब सम्झौताको अवधि आज सकिएको छ । म्याग्दीबाट सानै उमेरमा विदेशी फुटबल क्लबसँग सम्झौता गरेका सुबेदीले म्याग्दी जेसीज कप समेत खेलेका छन् ।

यसअघि मनाङ मस्र्याङ्दी क्लबसँग आबद्ध भएर राष्ट्रिय युवा लिगमा डेब्यु गर्ने अवस रसमेत पाएका थिए। नेपालमै उमेर समूहका टोलीमा छनोट हुने र राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने सपना बोकेका उनले अपेक्षित अवसर भने सहजै पाउन नसकेको खेल क्षेत्रका जानकारहरु बताउँछन् ।


भारतमा प्रशिक्षण र क्लब फुटबलको वातावरणमा खेल यात्रालाई अगाडी बढाएका सुबेदीले नेपाली फुटबललाई फिफाले निलम्बन गरेपछि निराश छन्। ‘फिफाको निर्णयको असर सबै खेलाडीलाई पर्छ, नेपालमा फुटबलका धेरै प्रतिभा भएपनि अवसर पाउन सकिएको छैन’ सुबेदीले बेनीअनलाइनलाई भने ।घरेलु फुटबलको अनिश्चितता र अवसरको अभावले धेरै खेलाडी विदेशतर्फ अवसर खोज्न बाध्य भइरहेको सुबेदीको भनाई छ । उनले फुटबलबाट राष्ट्रिय टोलीसम्म पुग्ने सपना बोकेर मेहनत गरिरहेको बताए ।


बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविबाट बेनी बोर्डिङ कप समेत खेलेका सुबेदीले प्रतिभा मावि पोखराबाट मावि तथा उच्च माविस्तरीय फुटबल प्रतियोगिता हुदै बिष्णु पादुका क्लब हुँदै नेपालको ए डिभिजन क्लव मनाङ मस्याङ्दी फुटबल क्लवमा एक बर्ष आवद्ध भएर यूथ लिगमा ’डेब्यू’ गरेपछि चर्चामा आएका थिए ।

‘मैले भारतीय क्लवमा मेहनत अनुसारको खेल देखाएर सम्झौता अवधिभर खेले, अझै धेरै गर्नुपर्ने छ, खेल क्षेत्रका निकायबाट सहयोगको अपेक्षा छ’ यहाँ मैले खेलसँगै धेरै सिक्ने अवसर पाएको छु’ सुबेदीले बेनीअनलाइनले भने । आफ्नो खेल जीवनमा निकै संघर्ष गर्नुपरेको अवस्थामा करियरका बनाउन अभिभावकको साथले थप सहज भएको बताए ।

Leave a Comment