हरिकृष्ण गौतम
म्याग्दी जिल्लामा जन्म भई वैदेशिक रोजगारीको शिलशिलामा साइप्रसमा रहनुभएका म्याग्देलीको प्रथम भेलाबाट दुत कुमारी थजाली (दिवा) को अध्यक्षतामा म्याग्दी प्रवासी नेपाली संघ मोना राष्ट्रिय कार्यकारी समिति गठन गरिएको छ ।
साइप्रसमा रहेका म्याग्देलीलाई एकजुट बनाउने उदेश्यले आयोजित भेलाबाट रघुगंगा गाउँपालिका-१,बेगखोलाकी थजालीको अध्यक्षता गठित समितिको उपाध्यक्ष सुस्मा श्रेष्ठ,मन्जु पाईजा,महासचिव शान्ति पुर्जा(साएरा),सचिव ज्ञानी पुर्जा, कोषाध्यक्ष एष्टर गर्बुजा रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा सोनी गर्बुजा,रिमाया गर्बुजा, रोश्मी गर्बुजा, कल्पना तामाङ, कमल पाईजा, पवित्रा विसी, जुना गर्बुजा,खेलकुद संयोजक, पवित्रा विसी (पूर्व राष्ट्रिय खेलाडी) र साँस्कृतिक संयोजक सोनी गर्बुजा रहनुभएको अध्यक्ष थजालीले बताउनुभयो ।
अध्यक्ष थजालीले मोनामार्फत खेलकुद तथा सामाजिक कार्यमा सहयोग गर्ने, मित्रताको सम्बन्धमा स्थापित गर्ने र जो कसैलाई अप्ठ्यारो पर्दा, दुःख, सुखमा एक अर्कालाई साथ दिने उद्देश्य राखेर स्थापना भएको बताउनुभयो । अध्यक्ष थजालीसहित पदाधिकारी, सदस्यहरू भलिबलका खेलाडी समेत हुनुहुन्छ ।
मोना अन्तराष्ट्रियका अध्यक्ष मिम पूर्जाले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध गराउने अभियान अन्तरगत साइप्रसमा गठन भएको मोनाका कार्यसमितिलाई बधाई दिदै साइप्रसमा रहनुभएका म्याग्देलीलाई आवद्ध हुन अनुरोध गर्नुभएको छ । मोना आईसीले म्याग्देली भएका अन्य देशमा समेत मोना गठनसहितको प्रक्रिया अगाडी बढाएको अध्यक्ष पूर्जाको भनाई छ ।










