---Advertisement---

बेनीमा १ सय थान पटका बरामद गरी नष्ट, बिक्री र पड्काए कारबाही हुने

On: November 5, 2026 10:21 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी भित्राइएको पटका प्रहरीले बरामद गरी नष्ट गरेको छ । सदरमुकाम बेनीस्थित बिरेन्द्रचोक सहित बजारका विभिन्न स्थानमा सूचनाको आधारमा प्रहरीले बरामद गरेको १ सय थान पटका नष्ट गदैं खरिदबिक्री गर्ने र पटकाउनलाई समेत कडा निगरानी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले कानूनविपरीत भुइँचम्पा, पटाका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर थप कानुनी कारवाही गरिने बताउनुभयो ।


‘बालबालिका पटाका पड्काएर रमाइलो गर्ने नाममा जोखिम मोलिरहेका छन्, अभिभावकलाई सचेत हुन अपिल छ, कानुनअनुसार पटाका किनबेच गैरकानुनी हो, बजारमा भित्राउने ब्यापारीलाई पनि अनुरोध गरिएको छ, जफत गरिएमा कारवाहीको प्रक्रिया अगाडी बढाउँछौ’ प्रहरी निरीक्षक तिमिल्सिनाले बेनीअनलाइनलाई भन्नुभयो ।


म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ग्रामिण क्षेत्रसम्म प्रहरीले बिक्री गर्ने र पड्काउनेलाई सचेत सहित पहिलोपटक जफत गरी सचेत गराइएकोमा थप अटेर गरिएमा मुलुकी अपराध संहिता २०७४ अनुसार कारवाही गरिने जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ ।सामान्य विष्फोटक पदार्थ भन्नाले आतिसवाजी,पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ समेत रहेको छ ।


उपदफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ भने (ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र (ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।

सदरमुका बेनीमा विगतमा पटका बिक्री गर्नेलाई समेत निगरानी गरिएको प्रहरीले जनाएको छ भने जिल्ला बाहिरबाट प्रवेश गर्ने सवारीसाधनमा छड्के चेकजाँच गरिएको प्रहरीले जनाएको छ। चडपर्व लक्षित सुरक्षा योजना अन्तरगत गस्तीमा रहेका प्रहरीले पटकासहित सर्वसाधारणलाई नियन्त्रणमा लिन र जफत गर्न समेत निर्देशन दिइएको छ ।

Leave a Comment