हरिकृष्ण गौतम
बेनीमा जारी चौथो बौद्ध कप फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युथ क्लवको पोल्टामा परेको छ । आज बेनी खुल्लामञ्चमा सम्पन्न भएको फाइनला ३–० गोलले मितेरी दुखु यूवा क्लव र एभरग्रिन युथ क्लवलाई पराजित गदैं प्रतियोगिताको उपाधि जितेको हो । पहिलो हाफमा १ गोलसहित अग्रता लिएको एभरग्रिन युथ क्लवले दोस्रो हाफको अन्तिम समयमा लगातार दुई गोल गदैं सुविधाजनक जित हासिल गरेको थियो ।
निर्धारित समयमा एभरग्रिनलाई दबाबमा राख्न राख्दै गोल फर्काउन निकै प्रयास गरेपनि मितेर दुखुबेसीका खेलाडीको प्रयास सफल हुन सकेन । प्रतियोगिताको अतिरिक्त समयमा एभरग्रिनका खेलाडीले खेलमा आफ्नो दबाबलाई झनै फराकिलो बनाउँदै लगेका थिए ।

प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ, एक लाख ११ हजार एक सय ११ रुपैयाँ, ट्र«फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो खेलका लागि मनसुन र पश्चिम दरबाङ बिच भएको खेलमा पश्चिम दरबाङ बिजय हुदै. ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बिजेतालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, क्लव अध्यक्ष दुर्गा बुढामगरले वितरण गर्नुभएको थियो ।

बेनी नगरपालिका–७ मंगलाघाटस्थित क्लवको आयोजनामा भएको प्रतियोगितामा नेपालको ए डिभिजनका खेलाडीसहित विदेशी खेलाडीको आगमनले दर्शकलाई उत्साहित बनाएको थियो । प्रतियोगितामा अनुशासित टोली बेनी नगरपालिका वडा नं २ बरबुटा यूथ क्लवलाई २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा अनुशासित टोली घोषित भएका छन्।प्रतियोगितामा पश्चिम म्याग्दीका बिपल कार्की सर्वाधिक गोलकर्ता बनेका छन्। उनले प्रतियोगिताभर ९ गोल गरेका छन्। त्यस्तै, एभरग्रिन एफसीका अशोक केसी.उत्कृष्ट गोलरक्षक, मितेरी एफसीका सुदिप गुरुङ उत्कृष्ट रक्षक, एभरग्रिन एफसीका निरजन खत्री उत्कृष्ट मध्यपंक्तिका खेलाडी र अमृत तामाङ उत्कृष्ट अग्रपंक्तिका खेलाडी घोषित भएको आयोजक बौद्ध यूवा क्लवका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो ।
एभरग्रिन एफसीका रोशन क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा बरबुता एफसीले अनुशासित टोलीको पुरस्कार प्राप्त गरेको छ।धौलागिरी क्षेत्रका चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा हालसम्म आयोजना भएका फुटबल प्रतियोगितामध्ये बौद्ध कपको पुरस्कार राशि सर्वाधिक रहेको क्लव अध्यक्ष दुर्गा बुढामगरले बताउनुभयो ।
प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष बुढामगरले धन्यवाद ज्ञापन गर्नुभएको छ । २०६४ सालमा स्थापना भएको बौद्ध युवा क्लबले फुटबल प्रतियोगितासँगै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ । पहिलो संस्करणको उपाधि जनप्रिय दरवाङ, दोस्रो माउन्ट एभरेष्ट अफ्रिकन युनाइटेड र तेस्रो संस्करणको उपाधि आयोजक बौद्ध युवा क्लबले नै जितेको थियो ।












