म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडामा चौथो वडा अध्यक्ष कप तथा एघारौ केवाइसी भलिबल कप प्रतियोगिता सुरु भएको छ। शुभ दिपावली पर्वको अवसरमा काउलेगौडा यूवा क्लवले आयोजना गरेको प्रतियोगिताको बेनी शनिबार बेनी नगरपालिका मेयर सुरत केसीले उद्घाटन गदैं भलिबल खेलमा म्याग्दी जिल्लामै बिशिष्ट पहिचान बनाएको क्लवमार्फत गरिएका कार्यको प्रशंसा गर्नुभएको थियो ।

प्रतियोगितामा मेयर केसीले यसबर्ष विपद्का कारण नगरपालिका क्षेत्रमा क्षती पुगेको बताउँदै सिमित स्रोतसाधनबाट नगरपालिका भित्र विभिन्न योजनामा काम भइरहेको बताउनुभयो । सोही अवसरमा वडा अध्यक्षको तर्फबाट बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तब्य राख्दैं खेलकुदसँगै गाउँमा रहेको विद्यालयमा विद्यार्थीको संख्या बढाउन समेत क्लवले सक्रियता देखाउनुपर्ने बताउनुभएको थियो ।
प्रतियोगिताको अवसरमा वडा अध्यक्ष चक्रबहादुर केसीले वडा अध्यक्ष कप सञ्चालनको उदेश्यसहित आगामी दिनमा समेत निरन्तरताका लागि गरिएको प्रयासका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । क्लवका पूर्व अध्यक्ष एवम् सल्लाहकार चिरञ्जीवि सुबेदी, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राख्नुभएको थियो ।

क्लव अध्यक्ष नगेन्द्र बस्नेतको अध्यक्षता, स्थानीय सल्लेरी नरबुद्धि आधाभुत विद्यालयकी प्रअ शोभा चोखालको स्वागत र पत्रकार अमित विश्वकर्माले सञ्चालन गर्नुभएको प्रतियोगितमा पुरुष, ४ ए साडइ यूवा भलिबल, बाल भलिबल, नृत्य प्रतियोगितासहित सांस्कृति कार्यक्रमको आयोजना गरिएको छ ।

वडाको खेलकुद विकासका लागि वडा कार्यालयले पछिल्लो तीन वर्षयता फरक फरक बस्तिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेलकुदको विकास र खेल प्रतिभा पहिचानका लागि वडा अध्यक्ष कपले सहयोग पुगेको छ । वडा अध्यक्ष कपको अवसरमा शनिबारदेखि साँझ ५ देखि ८ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गित प्रस्तुति पनि रहनेछ ।














