---Advertisement---

म्याग्दी भलिबल कभर्डहल जग्गा खरिदका लागि १ लाख सहयोग

On: November 13, 2026 11:53 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि बेनी नगरपालिका ९– घतान तोरीपानी हाल युकेमा बस्ने पुर्व भलिबल खेलाडी थिर विक्रम विश्वकर्माको १ लाख सहयोग गर्नुभएको छ ।


भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा बस्ने विश्वकर्माले भलिबल क्षेत्रमा संस्थागत विकास र विस्तार गर्न प्रवासमा भएपनि सक्ने सहयोग गर्ने सपना पूरा भएको बताउनुभयो । संघले गरेका हरेक गतिविधि प्रति खुसी व्यक्त गर्दै थप हौसला प्रदान गर्न सहयोग गरेको उहाँको भनाई थियो ।


सोही अवसरमा पुर्व भलिबल खेलाडी मोना कतार खेलकुद संयोजक पल सुन्दासबाट ५० हजार ५०० सय भलिबल खेलाडी तथा मोना प्रोचुग्ल खेलकुद संयोजक सुनिल सुन्दासबाट ५० हजार सहयोग, मालिका गाउँपालिका –३ शेर निवासी कृष्ण पेतेल मोना खेलकुद विभाग संयोजक ५० हजार, मोना कतार मंगला गाउँपालिका संयोजक राम बानियाँबाट २५ हजार सहयोग गर्नुभएको अभियान संयोजक एवम् जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।


सोही अवसरमा मोना दक्षिण कोरिया बरिष्ठ उपाध्यक्ष गणेश बोगटीसहित सहयोगदातालाई स्वागत गरिएको थियो । स्वागत कार्यक्रमको सञ्चालन महासचिव मलिन कुमार रोकाले गर्नुभएको थियो । बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।

Leave a Comment